खरिदेहरु
स्टिलको ब्राण्डेड घडी भिर्छन्
घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि
बिरिङ खोलाको कटान नरोकिएर के भो र?
युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन्
सभ्यताका लिसियम् र एकाडेमीहरू खोल्न धङ्धङे लाग्छ
समयको वायुपँखी घोडामा कति सपना पोसिए होलान्
कोथिए होलान् कतिस्वप्निल गुरूयोजनाहरू
हो, त्यही भएर
घँटेसी लाग्ने गलपासो टाइका मूल्यसूचीमा
बिक्दैछन् मान्छे
(स्रोत : Shabdahar )