********** सृष्टि ********
सृष्टि तिम्रो अपरम्पार छ यहाँ।
कोहि गरिब त कोहि धनी असाध्यै।।
कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।।
गर्यौ किन पक्षपात ममा।
दियौ जन्म टुहुरो बनाई पाटीमा।।
भएछु म त जिउदो लाश सरी।
बाटोमा फ्याकिएको एउटा मुदा सरी।।
सृष्टि तिम्रो अपरम्पार छ यहाँ।
कोहि गरिब त कोहि धनी असाध्यै।।
कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।।
कोहि बेचारा भन्छन यहाँ।
कोहि धिक्कार गर्छन मलाई।।
सन्तति आखिर तिम्रै त हुँ नि।
कोहि किन गर्छन दुराचार मलाई।।’
सृष्टि तिम्रो अपरम्पार छ यहाँ।
कोहि गरिब त कोहि धनी असाध्यै।।
कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )