*****सत्य नामले ******
सत्य नामले पुण्य कमाई,
गर्नुछ यो भवसागर पार।
ब्रम्ह र भ्रमको फरक छुट्याई ,
बुझ्नुछ यो जीवनको सार।
वृति मनको सहज हटाई ,
गरिदेउ यो उपकार मलाई।
भेद प्रभुको जानु म कसरी,
सम्बन्ध प्रभु संग गांसु म कसरी।
म ज्ञानको कुरामा हराए ,
कर्मलाई सिरानीमा राखेँ।
प्रभातको किरण संगै ,
खुल्दा मेरो आखाँ रसाए।
अतृप्त मेरो मनको खानी ,
भरिदेउ झोली हे महा ज्ञानी।
नास वान यो जीवन संसार ,
हुनेछ क्षणमै खरानी।
सत्य नामले पुण्य कमाई,
गर्नुछ यो भवसागर पार। ……।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )