~रमेश चौलागाईं~
मेरो दिल को दशालाई म अर्थ्याऊँ कसरी ?
ममा तिम्रो नशालाई म अर्थ्याऊँ कसरी ?
जसमा पनि तिम्रै मुहार खोज्न थाले यि आखाँले
हरपल तिम्रो सम्झनालाई म अर्थ्याऊँ कसरी ?
तिम्रै बारे सोधूं, बुझूं, तिम्रै कुरा गरूं लाग्छ
मनको यो बेचैनिलाई म अर्थ्याऊँ कसरी ?
तिमी पनि चोर नजरले हेरिदिन्छौ मलाई
तिम्रो त्यो हेराईलाई म अर्थ्याऊँ कसरी ?
अनी मैले जिस्क्याउंदा निहुरिएर मुस्काइदिन्छौ
तिम्रो त्यो लजाईलाई म अर्थ्याऊँ कसरी ?
जती नजिक तान्न खोज्छु, टाढिएको जस्तो गर्छौ
तिम्रो त्यो भगाईइलाई म अर्थ्याऊँ कसरी ?
प्रती दिन मैले तिम्रो श्रिङ्गार बढ्या देख्दै छु
तिम्रो त्यो लोभ्याईलाई म अर्थ्याऊँ कसरी ?
तिम्रो रूप, तिम्रो स्वभाव, तिम्रो हिस्सी सबै मिठो
ति सबैका भाषालाई म अर्थ्याऊँ कसरी ?
म मा तिम्रो नशालाई म अर्थ्याऊँ कसरी ?
मेरो दिलको दशालाई म अर्थ्याऊँ कसरी ?
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )