****फेरि उदाउनेछ अस्त पछिको रात ****
अस्त पछिको रात यो आज।
फेरि भोलि उदाउनेछ ।।
सेवा, सदभाव र प्रेमको आज।
सबलाई यसको खाँचो छ ।।
जति सक्छ एक आपसमा।
यसलाई हामीले बाँद्नुछ ।।
घडीको पला संगै आत्मसात गरौ ।।
जीवन अस्तिव अमर बनाऔ।
शैशवावास्था देखि झेल्दै परिवर्तन।
अङ्कुरित बिज गर्दछ स्वरुप धारण।।
नियम हो यो परिवर्तन प्रकृतिको।
सामना गरौ धर्य साथ प्रतिकूलताको।।
अस्त पछिको रात यो आज।
फेरि भोलि उदाउनेछ ।।
-बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )
Wow😧😍😍😍😍😍😍
Nepallihunumaaa garb laagx 💞💞💞💞💞💓💓💓💓💓💓💓💞💞💞💞💞💞heart tachig 💟💟💟💟💟💙💙💙💙💙💚💚❣️