“मुकेश जापानी टोली आउने कुरो के भयो ?” अफिसको हाकिम गर्जंदै भित्र पसे ।
“सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । “
बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको हल्ला भएर नेपाल नआएका रे । अफिसभित्र साथीसाथीमा यस्तै खासखुस चलेको थियो – चाँदनी चोक टु चाईनाको फिल्मको पछाडि लागेछन जापानीहरु पनि । यस्तै मजाक गरिहेका थिए केहि कर्मचारीहरु । त्यही गफ सुनेर हुन सक्छ हाकिम निकेस कर्मचारीहरुसंग गर्जिएका ।
निकेसको धाराप्रबाह गाली शुरु भयो । हाकिमको प्रबेशसंगै सबै कर्मचारीले संधै गाली खानुपर्थ्यो । आगन्तुकको स्वागत बिभागको जिम्मेवारी सम्हालेका मुकेशलाई भने अरुको तुलनामा गालीको मात्रा बढी नै हुन्थ्यो ।
आज पनि त्यही उपक्रम दोहोरियो । मध्यान्हको घामसंगै गालीको ताप पनि बढ्दै गयो ।
‘डिलिङ गर्न जानेन अनि बहाना बनाउँछ । बल्ल बल्ल कति समय पछि एक टोलीले बुकिङ्ग गरेको थियो त्यही पनि भाँडि दियो । यस्ताले न आफू गर्छ न अरुलाई नै गरी खान दिन्छ । लातको भूत बातले मान्दैन भनेको साँचो रहेछ । भात बढी भएको, राम्रोसंग काम गर्न नसक्ने भए बाटो तताउँदा हुन्छ । काला गए गोरा आउँछन् ।”
“मोनिका मेरो कोठामा आऊ” हाकिम निकेस आफ्नो कार्यकक्षमा पसे ।
कर्मचारीहरु धारे हात लगाउँदै गाली गर्न थाले । हाकिम भए पछि त कर्मचारीलाई गर्ने ब्यबहार जान्नुपर्छ नि कर्मचारीलाई गर्ने ब्यबहार पनि थाहा न’भाको, कुकुरलाई जति पनि गन्दैन ए हामीलाई त । कत्ति न उसैले पालेको जस्तो ।
मोनिका हाकिमको बोलावटसंगै हच्किएकी थिईन किन बोलाएको होला ? के भन्न होला ? कतै यसले मलाई जागीरबाट त …………।
ढोका ढकढक्याईन ।
“भित्रै आए हुन्छ ।”
“किन बोलाउनु भएको सर ?
“आउन बस”
“किन र सर ?
‘बस न बस ”
“आउ नजिकै बस”
“हैन सर मलाई यही ठीक छ”
“आउ न आउ , किन डराउँछौं ? म बाघ भालु हो र ?”
“हैन सर मलाई यही ठीक छ बरु चाँडो भन्नुहोस मेरो तल धेरै काम छ । ”
“किन गर्नु पर्यो काम तिमीले ? आखिर तिमीले मेरै लागि काम गर्ने हो ”
“हैन सर मेरो काम छ म गएँ”
“तिमीले मलाई बाहिर रिझाए पनि भित्र रिझाए पनि रिझाउने त मलाई नै हो नि ” “तिमीले रिझाउन नसक्ने भए म पनि अर्को बिकल्प खोज्न मैले पनि जानेको छु “
त्यति नै बेला नितेसको मोबाईलको घण्टी बज्यो । “मोनिका तिमी एकछिन बाहिर जाउ त म फेरी बोलाउँछु” फोन रिसिभ गर्यो । फोन घरबाट सानो छोराले गरेको रहेछ ।
” बाबा ! साँझ घर आउँदा मलाई खेलौना ल्याईदिस्यो है ?”
“बाबु मैले तिमीलाई बिहान भर्खर खेलौना छोडेर आएको हैन कत्ति चाहियो खेलौना पनि ?”
“बिहान हजुरले छोडिदिसेको खेलौना त दिज्यूले लिस्यो”
“हुन्छ बाबा हुन्छ म साँझ आउँदा लिएर आउँछु है ?”
फेरी मोबाईलको घण्टी बज्यो
“सुनिस्यो न टोनी बिरामी परेछ छिट्टै डाक्टर बोलाईस्यो है ?”
निकेस मनमनै बोल्न थाल्यो हैन ‘यो कुकुर पनि कत्ति बिरामी हुन्छ । कहिले के कहिले के’ “ल ल हुन्छ म डाक्टर भण्डारीलाई फोन गरिदिन्छु”
निकेसको पन्जाबाट बल्ल बल्ल मुक्त भएकी मोनिकाका मनमा अनेक तर्कना खेल्न थाल्यो ।
“धन्य भगवान आज त फोनले मलाई बचायो । तर कति दिन यसरी बचाउँछ र ! भित्र रिझाए पनि मलाई नै हो बाहिर रिझाए पनि मलाई नै हो कसरी भन्न सकेको त्यो पापीले ए भगवान मलाई अब कसले बचाउँछ मैले रिझाउन सकिन भने बिकल्प खोज्ने रे । घरमा बिरामी भएर थल्लिनुभएको आमा र भर्खरै प्राबिस्तरमा पढ्दै गरेको भाइको भबिष्य सोचिन । बिरामी आमाको उपचारको आधार भनेको यही जागीर त हो फेरी भन्ने बित्तिकै कसले जागीर दिन्छ र । ऐ भगवान मलाई यो भूमरीबाट पार लगाउ न ! पैसा कमाए पनि ईज्जत कमाउन गार्हो छ । जागीर खाए पनि पैसा त आउला तर सबैतिर हाकिमलाई नै रिजाउनुको बिकल्प पनि छैन । यत्रो ठूलो शहरमा मानब भित्र मानबीयता कसो नभेटिएला ?
अनेकन तर्कना र तानाबानामै मोनिका घर पुगिन । बिरामी आमा र भाइलाई खान बनाएर खुवाईन । आफूलाई खाना रुचेन । मानसपटलमा निकेसकै प्रत्येक शब्दहरु कानमा गुन्जिरहे ‘बाहिर रिझाए पनि भित्र रिजाए पनि ………………… ।
बिरामी आमाले छोरीमा आएको एकाएक परिबर्तनको कारण बुझ्न कोटी कोटी प्रयास गरिन तर सबै प्रयास बालुवामा पानी खन्याए सरह भयो । भाइले पनि दिदीको पीडा बुझ्ने प्रयास गर्यो । मोनिकाले सानो मान्छेले यस्तो कुरा बुझ्दैनौ भनेर टारिदिईन । मोनिकाको पीडा मनमै गढिरह्यो ।
भोलिपल्ट बिदा परेकाले कार्यालय जानु परेन । पर्सिपल्ट पनि बिरामी भएर कार्यालय आउन नसक्ने जानकारी गराईन ।
bd.palung@gmail.com
दामन, मकवानपुर
(स्रोत : KhassKhass.com )