ताराहरु सबै सबै टल्कने पो कहा छन् र –
आखहरु सबै सबै पल्कने पो कहा छन् र –
प्यार सग नशा जाग्दा जिम्मेदारी साथै हुन्छ
शिरहरु सधै सधै ढल्कनेे पो कहा छन् र –
पिडा सग आशु बग्छ जिन्दगी धरातलमा
बिनासित्ति आशुहरु छल्कने पो कहा छन् र –
उकिलएको सामिप्यता रित्तिएको जिजिविषा
राग बिना धुनहरु झल्कने पो कहा छन् र –
हो हल्लामा बाच्ने धेरै खेलाचिमा हास्ने भए
स्वच्छ प्रेममा गासिएर सल्कने पो कहा छन् र –
(स्रोत : Rajbanskota.wordpress.com)