राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!
तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता!
गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी,
ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता!
नबस है भनेकै हो,त्यसमाथि सियो छ नि,
खेलै भयो कुर्सी त्यही,हत्याउने मान्छे कस्ता!
डराएको छैन सहीद, अमरलाई मार्ने को छ?
उसैलाई घाँटी थिची,अँत्याउने मान्छे कस्ता!
जन्मस्थान-पोखरा
स्थाई घर -नुवाकोट,चतुराले
अस्थायी -काठमान्डु
हाल,
चिकित्साशास्त्र
एम बि बि यस चौथो बर्ष
जिप्मेर मेडिकल कलेज
पन्डिचेरी
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )