~श्याम लामा~
प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो
प्रातलाई उत्साहमा डाकिरहे जस्तो लाग्यो
मडारियो फर्किएर बादल फेरी यतै तिर
असिना बर्षाउन ताकिरहे जस्तो लाग्यो
बनाउन भन्दा बढी भात्काउनैमा तल्लिन देख्छु
छाती छोइ खाको कशम बाँकीरहे जस्तो लाग्छ
जिती छाड्छु भन्ने दुबै खेल कस्तो साँढेको
मुलुकले दशा ठुलै भाकीरहे जस्तो लाग्यो
शिखरमा नै टेकाउछु भन्ने ति पाइलाहरु
लर्खराउदै नालाभित्र जाकीरहे जस्तो लाग्यो
श्याम लामा (घ्लान)
माझुवा,सिन्धुली
हाल: दोहा,कतार
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )