खहरेलाई उराल्नमा, वलेंसीको दोष हुन्छ
तातो छेउमा पग्लिएको, नौनीलाई के होश हुन्छ
रंगिन फूलले नहर्ने भा, मनमुटु बैंशालुको
जवानीको पारखीलाई, भ्रमरसँग के रोष हुन्छ
उफ्रिएर तीरै छल्ने, उग्रै चङ्ख सिकार राम्रो
सहज भए सिकारीको, निशानामा के जोश हुन्छ
प्रेमको दूरी लामो–छोटो, स्वतन्त्र भै रोजुन् प्रेमी
सामिप्यको नशा बुझे, वित्ता पनि कोश हुन्छ
सौन्दर्यको लेखाजोखा, आँखाले नै गर्ने रै’छ
त्यसैले त राम्रोकुरा, सँधै खोसा–खोस हुन्छ
(स्रोत : Madhumas )