~रुपक कुमार शाही समुदा~
सुख शान्ति छैन देशमा
भत्केका छन मठ मन्दिर
पिडा दु:ख ले भरिएको छ
आज मेरो प्यारो देश
बल्झिन्छ यो आलो घाऊ, दुख्छ मलाई घरी घरी
दैब ले लिएर गएछन घरबार साथी भाई दौतरी
बनाउछु म भन्थ्ये देश लाई
सुन्दर शान्त प्यारो नेपाल
करोडौ मुटुको ढुक ढुकी
बन्ने छ हाम्रो देश नेपाल
भत्केर गयो सारा सपना
फुटेर छरियो सारा आशा
रहेन बाँकी अब केही
बाँकी रह्यो केबल निरासा
उठाऔ मिलेर देश नेपाल, बनाऔ मिलेर देश नेपाल
करोडौ मुटुको देश नेपाल, यो छाती भित्र को देश नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )