सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी
पर्खँदा पनि टाढा भाग्छ यो जिन्दगी /
कसरी आज सम्म बाँच्दै म आएछु
निराशा मात्र साँच्दै जाग्छ यो जिन्दगी /
खुशीको कुनै ठाउँ छैन यो मनमा
दु:ख कहाँ सँधै माग्छ यो जिन्दगी /
संसार आज ब्यस्त बन्दा नै स्वार्थमा
धर्यको पनि सीमा नाघ्छ यो जिन्दगी /
ठगेछ हेर कस्तो गरि यो भाग्यले
साहारा खोज्दा,खोज्दै थाक्छ यो जिन्दगी /
(१९ मे २०१० )
2010-05-16
(स्रोत : नेपाली गजल गुगल ग्रुप )