~खिम प्रसाद सापकोटा~
पाठक महोदय तपाई मलामी पक्कै गएको हुनु पर्छ।
मलामी जादा लासमा( आमा,बुवा ,बाजे ,बज्यै )आफू भन्दा अलि बढी उमेरका लास जलाउदा अनेक थरी चर्चा परि चर्चा आदि सुन्न देख्न पाइन्छ। (म आफ्नो सन्तान जलाउनेको मलामी गएको छैन।)
अलि पहिले म मलामी जादा को घटना सुनाउ घटना परि घटना मा जलि रहेको लास एक आमा को हो त्यसैले तपाईंलाई यो न पढ्ने अधिकार पनि छ।
म पहिले गडिबाट झर्दा र लास लाई झार्दा एक अजिब अनुभूति लागेको थियो। ( म कसैकी आमाको मलामी जादा बढी भावुक हुन्छु) मलामी हरु झर्ने बित्तिकै यता उता लागिरहेका थिय , मेरो कुनै मन मिल्ल्ने साथी नभयको ले म घाटमा नै बसिर्हेको थिय।
लास लाई जलाउन को लागि तयारी आघी बढी रहेको थियो। कोहि चिता तयार गर्दै थिय त कोहि दाउरा पुर्याउदै , त्यहाको माहोल देख्दा लाग्थ्यो कि सबै लाई त्यो लास जलाउन हतार भयको थियो । कोहि पन्डित लाई छिटो गर्न भन्दै थिय , सायद पन्डितलाइ पनि हतारो थियो कि ? जे होस लास जलाउने काम जोडतोड का साथ आगाडी बढिरहेको थियो । चिता राम्रो नबनेको ले कोहि चिता बनाउनेलाइ गाली गरिरहेका थिय।
अब लास लाई चितामा राखियो नियम पुरागरे जस्तो गरेर दाग बत्ती दिइयो ।
(म अहिले जलिरहेको लास्को छोरा को नजिक छु)
छोरो: यार यो लास जल्न कति समय लाग्ला?
मलामी: खै यार मलाइ के थाहा।
मलामी २ : यार तं त कत्ती पनि निरास छैनस?
छोरो: यार मुला यो त नियम हो नि जन्मका मर्ने ,
मलामी: तर पनि तलाइ जन्माइन हुर्काइन तर यर………….!!!!
छोरो: जन्मायकी मात्र हुन हुर्किन त जो पनि हुर्किन छ नि हैन?
मलामी २: कुरो त सहि हो तर……….
छोरो: तर सर छाड बे
मलामी: तेरि आमाले त तलाइ पछि सम्म सथ दिइन मेरि आमा त मलाइ गु धुन पनि नसिकाइ गैन बे
………………………………
पानी परि रहेछ मलामिलाइ चिन्ता बढेको छ , पानी ठूलो झन ठूलो हुँदै छ तर लास जलि रहेको देखेर सबै छक्क परेका छ्न ।
छोरो र मलाकी का कुरा सकियका हुदैनन् , मलाइ त्यहा बस्ने मन हुदैन म पानी पानी मा त्यहाबाट निस्कन्छु ।
…………………………………………..
…………………………………………..
म निस्किय पनि छोरो जन्मायको,हुर्कायको,आफू नखायर छोरो लाई खुवायको कुरामा गर्व मान्दै पानीको बिचमा एक आमा ढुक्क जलिरहेकी छिन ।।।।।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )