एक बाझो भुमि थिए
मेरा छातीका झारपात उखेल्यौ
मलजल राख्यौ
र रोप्यौ अनौठो ए बीज
सो ममा अंकुरण भयो ।
केहि दिन केहि हप्तापछि
मैले अनौठो महसुश गरे
मिठो काउकुती गुदगुदी
मलजल कायमै राख्यौ
ममा अंकुरित सो बीज
कल्कलाउदै मौलाउदै गयो
तर एक्कासी…….
तिमी अल्छी बन्दै गयौ
मलजल गर्न छाड्यौ
प्यारले सुम्सुम्याउन छाड्यौ
अंकुरित बिरुवालाई
झारपातले ढाक्यो
किटपतंगले कोमल मुना खाए
अन्तत: मुर्झाउदै खिइदै गइ सुक्यो
म पुन:बाझिन पुगे
सौन्दर्य बिहिन भै नांगिन पुगे
खै कहाँ गयौ तिमि?
खै
त्यो अनौठो बीज
म पलपल टोलाउछु
नियाल्छु वरिपरी खोज्छु
तिमी अनि त्यो अनौठो बीज
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Pallawa.com.np)