थुन्दा थुन्दै पढ्केला जस्तो
जुनतारामै आशु अड्केला जस्तो
कहिले वादलु भित्र
कहिले आँखाकै समिपमा
यस्तै यस्तै घाम छाँया भईरहेछ एउटा दृष्य
कहिले छाति भित्र मुस्कुराए जस्तो
कहिले आँखै अघि हराए जस्तो
कहिले आँखाको नानीमा त कहिले परेलीमा
हो जस्तो भएर बाँच्छ
होईन जस्तो भएर सताउछ
यस्तै यस्तै दोधारमा
उदाईरहेछ विहान अस्ताई रहेछ चन्द्रमा
कहिले क्षितीज पारी सम्म
कहिले वारी जस्तो
अलमल अलमलमा बाँच्न सिक्नुको मज्जा
व्यस्थ हुनुको अर्थ नसम्झनु त कँहा होर ?
विहान आशाले मुस्काउछ
साझ भोकमा लरखराउछ
हुन्छ जस्तो ,हुदैन जस्तो
कयौँ घण्टिहरु सम्झनाका वझिरहेछन्
कयौँ सौगातहरु आकासमा फल फलाउने आशामा वाचिरहेकाछन्
रहरले भन्दानी वाध्यताले हास्तो रहेछ मान्छे
दृष्यले भन्दा पनि कथाले दुख्तो रहेछ मान्छे
निराकार सम्वन्धको प्रिय दासि वनेर
निरामीस योजना भित्र
छत र वार्दलीमा अर्किट सजावट
कहिले आफ्नो त कहिले विरानो सोचेर
पुरातन हुन खोजीरहेछ पल पल
हो पुरातन हुन खोजीरहेछ पलपल
भत्किन पनि चाहादैन
सम्हालन नि गारो छ
पहाड भनु भने निरन्तरता छैन
हिमाल भनु भने वगेर खोला होइन आशु वन्छ
न सगर चुमेर वाच्न सकिन्छ
न अक्कर रोजेर हिड्न सकिन्छ
रात विहान वनेर हासि दिन्छ कहिलेकाही
दिन अन्धकार वनेर तर्साउछ धेरै दिन ,धेरै पल
हे दृष्य कहिले छाम्नु पर्ने हो तिम्रो मुस्कान
कहिले भर्नु पर्ने हो मन विनाको मन
आस्था भएर फुल्न खोजीएन
लालीमा भएर डिलसम्म पुगिएन
लाग्दो हो कुवाहो पानी जति झिकेपनि हुन्छ
चुस्तै गर्दा सम्वन्धको प्रिय आचल
सुम्हालुङ नजिकको फुल सम्झना आउछ
पुतली चोक विधाताले लजाउछ
कहिले चम्केला जस्तो ,कहिले अस्ताउला जस्तो
सम्वन्धको निशानी
दृष्यको अलमलमा
कहिले वादल त कहिले इन्द्रेणी
ए दृष्य
कि आफ्नो भएर वस
कि विरानो भएर भाग
अलमल अलमलमा धेर नसताउ
कि राख मनको मझेरी
कि पठाउ रक्सि भरिएको अधेरी
उहि जवाफको पछि
न तिम्रो भएर हासेको छु
न आफ्नै भएर बाचेको छु
अलमलअलमल ,ढलपलढलपल
चाकाचुली सम्भावना वनाएर
थोपा थोपा विश्वास
धरातल गुमाएको सहर जस्तो लाग्छ
प्लाष्टिकको फुल जस्तो मुस्कान लाग्छ
हुन सक्छ क्षितीजहरु फाटिरहेछन्
समय एकै नासको त कहाँ हुन्छ
भोग पिएर आशु साट्दै गर्दा
कहिले दृष्य भागे जस्तो
कहिले परेलीमै सजिए जस्तो
घाम छाँया ,घाम छाँया
पटक विर्सिएको प्रेम कथा जस्तो ।
(स्रोत : Rajbanskota.wordpress.com)