हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो
वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो
भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो
कुन्नि कता केके गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो
खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्कै
लुगा निचोरर पानी झार्नुको मज्जा बेग्लै थियो ।
(स्रोत : Dhaiba’s Blog )