~कृष्ण प्र. पाण्डे~
अब राम्रा लाग्दैनन् परिका कुरा
उनी बिना रुझेका झरिका कुरा
एक्लो हुँदा यहाँ म छ जीवन कठिन्
उस्तै होलान् बिजोडी चरिका कुरा
उनी मेरो हरेक सोंचमा हुन्छिन्
के जानुँ म दुनियाँ भरिका कुरा
उनको याद मुलायम मुलायम सदा
भुल्छु डाम गहिरा दरिका कुरा
अलि कम धार्मिक हुँ मान्छे म त
उनले बोले म सुन्छु हरिका कुरा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.