फूल झैं फुलने रहर थियो
सुवास छर्दै जिउने रहर थियो !
अनयासै यहाँ धरती फाट्यो
चट्याँङ बिना आकाश खस्यो !
आगो बिना नै धर्ति बाट धुवाँ उडयो
कोही बाहीर,केही भित्र छदै बस्ती ढल्यो !
बाँच्न पाउनेको लागी तडपेर जिउनु भयो
हेर्दा हेर्दै पानी बिना माछा झैं जिवन भयो !
अचानक यहाँ बिनासकारी भूकम्प आयो
पूर्खाको नासो मन्दीर,कला कौशल भत्कीयो!
फूल झैं फुलने रहर थियो
सुवास छर्दै जिउने रहर थियो !
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘kritisangraha@gmail.com‘ बाट पठाईएको । )