आजकल त्यता जिन्दगीको, चोला फेरियो कि।
पुरानै ती किताब राख्ने, झोला फेरियो कि ।।
यौवनले भरि भराउ, पुष्ट त्यो छाति भित्र ।
बगिरहने पिरतिको ,खोला फेरियो कि।।
मेरो मनको मधुवनमा, मधु वर्षात गराऊने।
त्यो रानी माहुरीको, गोला फेरियो कि ।।
भोटको सुनको के कुरा, कसि बिना चम्किरहने।
अकबरी सुनको अचेल, तोला फेरियो कि ।।
पानी सरी बगिरहने जिन्दगीको गोरेटोमा
शान्त स्थिर “गोविन्द”को यहाँ, भोला फेरियो कि ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
गजल : चोला फेरियो कि
Posted on मे 1, 2015 by Sahitya – sangrahalaya
~गोविन्द रावत~
प्रिय संग्रहालय तपाइले मेरो रचनामा अर्कै गोविन्दको फोटो पोस्ट गरिदिनु भएछ । मेरो नाम Govinda Rawat हो ।
गोविन्द सिं रावत होइन । कृपया फोटो परिवर्तन गरिदिएमा आभारि हुने थिए”।
गोविन्द ज्यू,
हामी यस गल्तीका लागि तपाईं समक्ष माफि माग्छौं । तपाईंको तस्विर परिवर्तन गरेका छौं । कृपया संग्रहालयमा रचना पठाईरहनु होला ।
-आविष्कार
साहित्य संग्रहालय