कथा : प्रिय कबि

~शुमी प्रकृति~Sumi Prakriti

म्यासेजको रिप्लाई गर्नुभएछ ,खुसी छु निकै खुशी !बिश्वास थिएन अाउला भन्ने,ठुलो खेद थियो हराउनुभएकोमा,एउटै प्रश्न घुमिरहन्थ्यो मस्तिश्कमा हजुर कहाँ हराउनुभयो ,किन हराउनुभयो?
मलाई अझै याद छ् त्यो कार्यक्रम ,हजुर स्टेजमा उक्लिनासाथै तालिका फोहोरा छुटेका थिए ठुलो मासभित्रबाट | अग्लो कद ,लामो कर्लि केश , अग्लै निधार, कालो बर्ण ,मैले सबै याद गर्न भ्याइसकेको थिए ,ठुलो धोवद्रो स्वरमा हजुरले गजल को एक सेर भनेपछी| बाचनशैली,लेखनशैलीको मिलन जति राम्रो थियो त्यति नै राम्रो थियो ,कालो कोटभित्र सेतो टिसर्ट र निलो जिन्सको मिलनपनि |मतला दोहोर्याउने क्रममा हाम्रै सिटतिर हेर्दै भन्नुभयो-
पर्खिबस तिम्लाई भेट्न दिन ढलेसी आउनेछु म,
साझपख तिम्रै याद्ले मन जलेसी आउने छु म
म झस्के याद गर्नुभयो कि भन्ने सन्त्रासले मैले नियलिरहेको केहीबेरपछी पहिलो पहिलो पटक स्टेजमा उक्लिएकी म लगलग काँप्न थाले | समाइरहेको माइक्रोफोन काँपेको स्पष्ट देखियो |नजिकै आएर भन्नुभएको थियो , डराउनु पर्दैन सबै तिम्रै साथी हुन, म मा अलिकती आत्माबिश्वास जाग्यो र गजल बाचन गरे धन्न !हात कपेपनि स्वर चाँही कापेनछ
जन्जिरभित्र पनि ऊ मुस्कुरायो यही सम्झेर,
मेरा सपनाहरु रहरहरु त आजाद छन
मेरो गजल को एक शेर बाचन गर्दै मेरै छेऊ हजुर उभिदा म फेरी लगलग काँपे। आँफैले लेखेको सेर निकै दम्दार लाग्यो त्यतिबेला |राम्रो लेख्नुहुदो रहेछ बैनी!फेरी सुनाउनुस् न सुनौ हजुरले भन्दा म गला रोक्किएर बोल्नै सकिन कहिल्यै कसैको अगाडि उभिएर बाचन गरेको यो पहिलो पटक थियो एकदिन सुनाउनुपर्छ तपाईंका गजल म सुन्न आउछु भन्दै हजुर बहिरिनुभयो |मलाई सबै साथीहरुले बेस्सरी गाली गरे किन नबोलेको यत्रो अबसर पाउदा पनि बोल्नु पर्दैन सुनाउनु पर्दैन?मौका सधैं सधैं आउछ ?मा ट्वाल्ल परेर सुनिरहेकी थिए|होस्टेल फर्किएपछी श्रीजाले भनी -“भाग्यमानी रैछस् श्वश्ती तँ ,निस्चल दाई पनि बोल्न अाए। यो कलेजको मोस्ट वान्टेट मान्छे ! टपर हुन टपर |गीत तेस्तै राम्रो गाउछन ,स्पोर्ट वीक मा उनले attain नगरेको गेम नै हुँदैन स्पेसल फुटबलको अती राम्रो खेलाडि गजल सुनिस नि आज उस्तै राम्रो लेख्ने र गाउने |प्रोग्राम सन्चालन उनले गरे भने रौनक नै अर्कै हुन्छ तर लास्टै घमन्डि छन मनमा जे लाग्यो बोलिहाल्ने अर्कालाई मन परोस नपरोस ,मन दुखोस खुशी होस वास्तै छैन |जो पायो उसलाई बाल नदिने ,मन नपर्ने मान्छेसग कुरै नगर्ने, मान्छे हेर न कति ह्यान्सी छन कति केटीहरु मरिहत्ते गर्छन् एकपटक बोल्नकै निम्ती पनि |प्रारम्भिक जानकारी यत्ती पाएको हुँ श्रीजाबाट,मन सिमलको भुवा जस्तै भयो खुशीले राम्रोसग खाइन पनि आधारातसम्म सम्झेर खुशी भैइरहे | नभन्दै एकदिन भेट्न आउनुभयो होस्टेलमा| श्वश्तिको भिजिटर गेटको दिदी कराइन को हो? होस्टेलको बरण्डाबाट चिच्यए “निस्चल आकाश “उहले भन्दा नभन्दै बुरुक्क उफ्रिए म |त्यो भेटमा हजुरले भन्नुभएको थियो +२राम्रो गर्नुपर्छ ब्याचलरलाई सजिलो हुन्छ ,म +२ पढ्दा राती २बजे भन्दा अघी कहिलै निदाइन बि ई इन्ट्रान्स दिने बेला म लगातार १५ घण्टा एकै ठाउँबाट उठेको छैन ,त्यसरी पढेको हुँँ|तिम्रो लेखन राम्रो छ् ,लेखदै गर्नु प्रोग्राम भयो भने सम्झने छु राम्रोसग पढ्नु |

आज गोर्खा एफ एम मा निस्चल दैको इन्टर्भ्यू छ रे! नँया बाइक लिनु भा छ रे !इन्द्रेनी साहित्य समाज(इसास )को अध्यक्ष हुनुभो रे|आक्कल झुक्कल होस्टेलमा कुरा भैरहन्थ्यो |हिजोको गेट अप मा कती राम्रो देखेको , अस्तिको गजल कति मिठो |कहिल्यै साहित्यमा इन्ट्रेस्ट नहुनेले पनि कुरा गर्थे हजुरको |माहोल तेस्तै बनाइदिनुभएको हजुरले |निक्कै पछि बाटोमा हिड्दै गर्दा देख्नुभएछ परैबाट बोलाउनुभयो श्वश्ती, श्वश्ति भन्दै म अलमल्ल परेँ सबै हाँसे कस्ले बोलाको श्रीजा ?निस्चल दाइले | अप्ठेरो लागेर आयो मनमनै रिस उठ्यो उतिपरबाट किन बोलाउनु परेको सबै हास्ने गरेर | सोच्दै थिए अगाडि अाइसक्नुभएछ एकछिन बस न श्वश्ति !म महासंकटमा परे |उतिपरबाट बोलाँउदै आएको आक्रोस ताजै थियो बस्नै मन थिएन |न बस्दिन भन्न नै सँके |सबै साथीहरु छोडेर गैदिए हजुरले त्यति भन्ने बित्तिकै म मजबुरीले बसे बाटो नजिकै दुबो उम्रिएको चौरमा |”किन बोलाउनुभएको उति परदेखी ?”मन लाग्यो बोलाए मन लागेको त गर्ने हो ,कुनै दिन ठोक्किदा पनि नबोल्न सक्छु|अफसोच नमान मा त्यस्तो ब्यक्ति हुँँ सजिलै जबाफ दिनुभयो म नाजबाफ भए केही बोल्न सकिन , ढुङगो टिपेर माटोमा s आकार कोर्दै बस्न थालें |”हेर श्वश्ति जिन्दगीमा जसरी हुन्छ खुशी हुने हो |खुसी कस्सैले ल्याएर दिदैन तिमीलाई आँफैभित्र खोज्ने हो |जे गर्दा खुशी लाग्छ त्यही गर्ने हो |म घर नगएको २बर्ष भैसक्यो मन लाग्यो त्यसै गरेँ खासै कन्ट्याक्ट् पनि छैन जुनदिन मन लाग्छ जान्छु “हजुरलाई कस्सैको माया लाग्दैन हो ? अनि कस्सैको डर पनि लाग्दैन हो? “खुबै डरले सोधेको थिए सबै भेटमा गरेको पहिलो र अन्तिम प्रश्न यही थियो| लाग्छ खुब माया लाग्छ आफ्नो रहरहरुको माया लाग्छ सपनाहरुको माया लाग्छ जसलाई माया गर्ने सम्मान गर्ने कोही छैन आफु भन्दा अरु |डर पनि लाग्छ आफ्नै मनसँग कहिले बहकिन खोज्छ ,कहिले चङ्गा बनेर उड्छ ,दुख्ला कि भन्ने डर सधैं लगिरहन्छ |मनलाई मनकै ठाउँमा राखेर जोगाउन सक्दिन कि भन्ने डर लागिरहन्छ |जिन्दगिको सबैभन्दा ठुलो रहर पनि यही मन नदुखाउनु त छ् ,यही मन संगै उडिरहनु त छ खुब मजाले भन्नुभएको थियो|मा स्तब्ध बने फेरी कहिल्लै प्रश्न नसोध्ने प्रण पनि गरे त्यही दिनबाट |अस्मिलाई पनि भनिदिएको छु मलाई फोन गरेन ,म्यासेज गरेन, केयर गरेन भन्न पाइने छैन हुन्छ भनेकी छे |जिन्दगी आफ्नै पारामा जिउने हो जसरी सजिलो हुन्छ उसैगरी | भोली काठमाडौं प्रज्ञा प्रतिष्ठानम बुक बिमोचन छ रे, निम्तो आएको छ,पर्सि चितवनमा प्रोग्राम छ |१५ दिनपछी पाल्पामा ,अर्को महिना जनकपुर र कोहलपुर पनि पुग्नु छ यायाबर रमाइलो छ,आफुलाई खुशी राख्न सक्यो भने जिन्दगी कहिल्यै बोझ लाग्दैन बुझ्यौ?बर्षायाम पोखराको आकाश झर्झर पानी पर्न थाल्यो| दाई म जान्छु बिदा मागेँ र गए |बल्ल बिदा पाइस् सबैले जिस्काए के भन्यो ,खुब भेट्न आउछ त तँलाई श्वश्ति ?भएकै केही थिएन उनिहरुको सोचाइ जस्तो |

त्यो दिन निकै ठुलो पानी पर्‍यो |सबै आकाशबाट परेको पानी हेरेर टोलाउदै थिए |अकस्मात सबै हाँसे | श्वश्ति यहाँ अाइज त ऊ उत्साहित हुँदै मेरो देब्रे हात तान्दै झ्याल नजिकै लगी र भनी -“हेर तेरो निस्चल आकाश “अचम्म! हजुर त्यती ठुलो पानीमा रुझेर एक्लै बल खेल्दै हुनुहुन्थ्यो खुब रमाउदै |कोही भन्दै थिए सकिन्छ भने यसरी नै बाच्नुपर्छ मन लएको गर्न पाए गर्न सके पो त बाच्नुको मजा साच्चै स्मार्ट छन निस्चल दाई |छ नि स्मार्ट साइको छ यो मान्छे कस्सैको मतलब छैन कसैको तर्क थियो |

जहिल्यै उज्ज्यलो हसिलो देखेँ , जति दिन देखे !कहिले छोटो कपाल सफाचट अनुहार ,कहिले लामो कपाल लामो दार्ही , तेस्तै रफ गेट अप मा देख्दा झुकिन्थे ,किन भन्ने प्रश्नको रेडिमेट जबाफ हुन्थ्यो “मन लाग्यो गरियो “सुनियो -फुटबल म्याच हजुरको टिमले जित्यो रे ,लगत्तै भएको रेडियो नेपालको आधुनिक गित प्रतियोगितामा पनि शिर्ष स्थान हासिल गर्नुभयो रे ! मिडियाहरुले राम्रै चर्चा र आलोचना पनि गरे त्यसै बर्षको अन्यतिर भएको कबिता प्रतियोगितमा प्रथम हुनुभयो रे !यो पटक पनि उत्तिकै भयो चर्चा र आलोचाना|खसै भेट पनि भएन |भेट्न अाइराख्ने हजुर एक्कासी हराउनुभयो |सुनियो पढाई पनि बिग्रदै छ् रे कलेज पनि आउनु हुँदैन रे |करिब एक बर्षपछी पुन होस्टेलमै भेट्न आउनुभयो ,जसरी पहिलोपटक भेट्न आउनुभएको थियो |अचम्म पनि तेतिबेलाजत्तिकै लाग्यो |अर्कै लाग्यो आज देख्दा पनि निक्कै अर्कै | राम्रोसँग पढ कतै नलाग ,कस्सैको विश्वाश नगर खुब स्वार्थी छन सबै |तिमी बुझ्दिनौ यहाँ सबै अर्काको आलोचना गरेर अर्कालाई होच्याएर आफु अग्लो हुन खोज्छ्न ,कस्सैलाई हेक्का पनि छैन सम्मान गर्दा समानित नै भइन्छ भन्ने, हिंड्न खोज्नेको बाटो रोक्न खोजिन्छ ,बोल्नेहरुलाई मूक बनाउन खोजिन्छ “सबै कमजोर छन र अरुलाई पनि कमजोर नै बनाउन खोज्छन “मलाई मन परेन श्वश्ति इसासबाट रजिनाम दिन्छु ,आफ्नो पढाई बिगारे ,था छैन के हुन्छ ? आफ्ना , आफन्तको प्रबाह गरिन आफ्ना आफ्ना रहेनन , आफन्तजस्ता रहेनन , पराइ जो अाफ्ना लाग्थे पराइकै अनुहार देखाउदैछन !पुरस्कार बिबादित भाछ रे अस्ति पाएको, जलाइदिन्छु प्रमाणपत्र पनि , अनि जलाइदिन्छु संग्रह निकल्ने सपना राखेका पान्डुलिपीपनि |केही नभएपनी आत्मासन्तुष्टि त पाउछु केही गर्न खोज्नेलाई गर्न दीइन्न ,सबलाई निदाउने बानी परेको छ् |इसासको अध्यक्ष भएपछी यतैको दौड्धुपले अस्मिलाई समय दिन सकिन सधैं गुनासो गरिरहन्थी मेरो लागि मात्र समय हुन्न है भन्दै त्यतिबेला सानो लाग्यो यि कुरा आज ऊ पनि आफ्नी रहिन दु:ख लाग्छ आँखा रसिला पार्दै भन्नुभयो |नाम निकाल्नुपर्छ राम्रोसग पढ जिन्दगी बन्नेछ |ट्र्याक छोडेपछी ट्र्याकमा आउन गार्हो छ|लेख तर सपना नसगाल,आशा नराख -यही नै अन्तिम भेट थियो , लामो भयो भेटाइ त्यसदिनको , सबैले यसरी जिस्काए जबाफ दिने ठाउँ नै पाईन मैले कलेजमा हल्ला चल्यो निस्चल आकाश सधैं श्वश्तिलाइ भेट्न जान्छ रे ,त्यसदिनपछी मैले कलेजमा कहिल्यै देखिन र कसैलाई सोध्ने आत पनि आएन जिस्काउछन भन्ने डरले, कहिलेकँही मलाई नै सोध्थे -श्वश्ती कहाँ जानुभएको निस्चल ?”बाबरी “पत्रीकामा हजुरका लेख आउन छोडे ,हेरिराख्थे| मिडीयाहरुबाट पनि यसरी गायब हुनुभो लाग्यो दुनियाँले बिर्ष्यो निस्चल आकाश मात्र म सम्झदै छु मोबाइल नम्बर पनि संपर्क हुन सकेन भन्न थाल्यो | सम्झेको दिन कुन्नी के आशा ब्युझन्थ्यो पुरानो नम्बर डायल गर्थे ,फेसबूकमा सर्च गर्थे कहिल्यै भेट्टाउदैन थे| त्यही क्राममा हो अस्ति पनि सर्च गरेको हजुर भेटिनु भो|दारी जुँगा र कपाल काटिएको हो कि ?होइन जस्तो लाग्यो”निस्चल आकाश “निस्चल खनाल बनेको रहेछ फोटोमा क्लिक गरेर पुराना फोटाहरु हेर्दै गएँ मैले देखेको अनुहारको प्रतिबिम्ब पनि थियो |कभर फोटोमा सानी फुच्ची र अस्मी जस्तै लाग्ने अनुहार थियो हजुरसगैँ |फ्रेन्ड रिक्वेस्ट accept गरेको noftification आउने बित्तिकै यत्ती लेखेर सेन्ड गरे – कँहा हराउनुभयो,लेख्न किन छाड्नुभयो ?

“त्यस दिन बेलुकी निक्कै रक्सी पिए एक्लै| गजल कबिता सुन्ने सुनाउने ,बूक निकाल्न उक्साउनेको जमघट थिएन , न पिउन उक्साउनेको नै, लर्खराउदै कोठामा पुगे र बुक निकाल्न ready पारेको पाण्डुलिपी धर्धर च्याते |प्रत्येक एफ एम रेडियोबाट बज्न थाले , पत्रिकाहरुमा टिका टिप्पणी आउन थाले कबिता प्रतियोगिताको पुरस्कार निस्चल आकाशले पाएको कबिताले होइन भन्नेसम्म सुनियो आयोजक सस्थाप्रतिनै प्रश्न उठ्न थाल्यो,ठुलो धोका दिएझै लाग्यो लेखेर| ,अब स्पष्टिकरण दिनु थिएन |कला मोहले म मा जन्माएको पागलपनको हिसाब गर्नु थिएन पाउनु र गुमाउनुको| चुरोट सल्काउदै सोचेँ इसासबाट रजिनामा दिन्छु म जहाँ रहेर पनि गर्न सक्छु शब्दहरुलाई अक्षरहरुलाई प्रेम|बाबरिमा स्तम्भ पनि लेखिन| बिबाद पनि बन्धन नै थियो मेरो लागि , कतै नअल्झेर पुग्नु थियो ,सब्दहरुलाई बोकेर शब्द शिखर |फुटबल म्याच जितेको दिनदेखिनै सुनकोसी क्लबले आफ्नो टिममा बसिदिन लालच र धम्की दिन थालेको थियो थाहा पायौ होला आधुनिक गीतको शब्द सुबोध कर्माचार्य दाइको गीतसग मिल्यो रे |प्रथम घोषणा गरेपछिमात्र उहाले बिरोध जनाउनुभयो ,उसो त सुबोध दाइसँग संगीत सिंक्न जादादेखी नै राम्रो थिएन मेरो ,तर म सिक्दै गरेको मान्छे उहाँ दुनियाँले सम्मान गरेको मान्छे परेली साहित्य प्रतिस्ठानको अध्यक्ष , उहाँको बिरुद्द बोल्ने आट न म गर्न सक्थे न कोही अरु |भोलिपल्ट परेली साहीत्य प्रतिष्ठानले गीत पुरस्क्रित भएकोमा खेद प्रकट गर्दै बिज्ञप्ती निकल्यो सबै साहित्यिक सस्थाहरु त्यसैको पछी लागे मन मर्दै गयो |

इसासबाट रजिनाम दिए|खुसी नै भए त्यस रात पनि ,मोबाईल अफ गरे ,सिम भाचेर फलिदिए फकेबूक deactive गरे ,मुक्त भईयो स्वतन्त्र भईयो भन्ने लाग्यो खुशी हुँदै निदाए| चाहेको स्वतन्त्रता यही हो भन्ने लाग्यो|तर भोलिपल्टबाट केही थिएन आफुसँग ,केही छुटेका थिए केही आँफैले छोडेर आएको थिए ,स्व्रतन्त्र हुने ,खुसी हुने बाहानामा|बाबरीका लागि स्तम्भ लेख्नुपर्ने मजबुरी थिएन |इसासको प्रोग्रामको निम्ती हतार थिएन ,”नजर” प्रकाशनको लागि प्रेस धाइरहनुपर्ने थिएन |भुमिका र सुझाबको निम्ती भेटघाटको जरुरी थिएन| साँझ चिया पसल ,वा भट्टी पसलमा हुने भेटघाट र सुनाइरहने कबिता ,गजल ,गीत केही थिएन अब |त्यसै त्यसै अत्यास लागेर आयो, एकदिन पनि खुशी हुन सकिन आफुले चाहेको स्वतन्त्र गिन्दगिमा |अत्यासिलो सुनसान भन्दा केही थिएन ,एकान्तप्रेमी भएकोले रुममा आउने जाने पनि कोही थिएनन पटक्कै खुशी भएन मन|आफ्नै चाहना पनि कती झुट रहेछ थाहा पाए त्यही क्षण |यायाबरले बिगारेको पदाइ याद आयो ,कोल्टे फेर्दै सम्झे “कस्सैको मतलब लाग्दैन है बाबु,तलाई “आमाले दुखी हुँदै भनेको ,सम्झे इसासमा लागेर दिनरात नभनी गरेका सम्पूर्ण कार्यहरु र पारीचित बनेको इन्द्रेनी साहित्य समाजको अनुहार अनि यादमा अाइ अस्मी बर्षदिनपछी “लेख्न नभुल्नुहोला मलाई भुलेपनि म खुशी नै हुनेछु “अन्तिम भेटको अन्तिम क्षणमा आँखा टिलपिल पार्दै भन्दा पनि म मन नदुखाइ फर्केको क्षण |सोच्दा सोच्दै निदाएछु |बिहानै उठेर घरमा फोन गरे -“क भो?निस्चल ,एकाबिहानै फोन गरिस,सन्चो भएन कि के भो ?आमा आत्तिनु भो मात्र घरमा फोन गर्दा पनि अचम्म मान्ने आत्तिने भईइसकेछन दुख लाग्यो|दिनभरी फोन अाइरहे घर परिवारबाट ,बिहानै आमलाई फोन गरिस रे क् भो? भन्दै| टाढा भएछु झै लाग्यो आमाबाट पनि |

भोलिपल्ट घर पुगे|निक्कै बेग्लै लाग्यो ३बर्षपछिको आफ्नै घर आफ्नै मान्छे |बाबाले छरिराख्ने सपनाको बिस्कुन थिएन जुन बोझ लाग्थ्यो,आमाले सुनाइराख्ने गुनासा थियनन ,थिएनन अस्मिका गुनसा पनि ,जुन बन्धन लाग्थ्यो, मान्छे बन्न प्रेरित गर्ने आफन्तका सुझाब पनि थिएनन |लाग्थ्यो सबै मेरो उपस्थितिमा नै सन्तुष्ट छन |कोही आफ्ना लागेनन |आफ्नो बनाउने बाबाको सपना रहेछ ,आमाको गुनासो रहेछ |जसलाई बोझ सम्झेथे ,बन्धन सम्झेथे ,बेलुकी कोल्टे फेर्दै सोचे,नमिठो लाग्यो |

सधैं भातभुङग भएको आरोप खेपिरहने मेरो कोठा चिटिक्क थियो|टेबलभरी किताब मिलएर राखिएका थिए| अलि पुरानो हुनासाथै आगो सल्काउन प्रयोग हुन्थे ,कुनै भकारीको पिधमा पुग्थे ,केही प्वाल परेको बोराको पिधमा |म मन अमिलो बनाउदै निक्कै रुन्थे र पनि यो क्रम कहिल्यै रोक्न सकेको थिएन मेरा आँसुले |आज निक्कै पुराना आधा च्यातिएका किताबहरुपनी निक्कै जतनले टेबलमाथि सजिएका रहेछ्न ,पुरानो टर्च जो मेरो सिरानीमै रहन्थ्यो र म अाधारातमा ब्युझेर यसैको साहयताले लेखिरहन्थे ,जुन फुटेको थियो बाबाको निन्द्रा बिथोलेको अारोपमा |३दिनसम्म कसैसँग बोल्न सकेको थीइन यसको बियोगमा, यतीकै पोखरा हेडेको थिए|बनाएर टेबलमाथि रखिएको रहेछ |नजर पुग्नसाथ टपक्क टिपे सँगै रहेको पेन गुडगुडिएर झर्न लाग्यो हातले समाए ,एकाएक खुशीको बाढि नै आयो |त्यही पेन थियो जसले अस्मी र मलाई कयौपटक टाढा र नजिक बनाएको थियो |जब यो पेन लिएर देब्रेपट्टी झ्यालबाट बाहिर हेर्थे |मन अर्कै हुन्थ्यो खर्खर लेख्न सक्थे |निक्कै राम्रा बन्थे त्यो पेनले लेखेका सिर्जनाहरु र सफल हुन्थे| एक्जामको बेला मात्र निकल्थी ,उसको एक्जाम राम्रो हुन्छ रे त्यो पेनले उसको विश्वाश थियो |कलेज पढ्दासम्म उसको त्यो विश्वाशले काम गरिरह्यो |राम्रो लेखक बन्ने मोहले छोप्दा कतिपटक चोरेर चोर्न नसकेर फिर्ता गरेको छु र झगडाको कारण बनेको छ |पेन टिपेर टेबलमा रहेको डायरी पल्टाए पहिलो पेज मा नै अस्मिका अक्षरहरु रहेछन “तिमिबिना बाँकी जिन्दगी र पेन बिनाको बाँकी एक्जाम हेरौ …………………………… घर फर्कियौ भने पछाडिको झ्याल र यो पेन तिम्रो हुनेछ र विश्वाश छ् यसले तिमीलाई अझै राम्रो लेख्न सक्ने बनाउनेछ “लेख्ने रहर यत्तिकै मर्यो |

निमेष खनाल नयाँ फेसबूक अाइडी बनाए add गरे अस्मिलाई ,फोन गरे निक्कैबेर रोइ-“फेरी सम्झायौ है भन्दै “आफ्ना कहिल्यै पराइ हुन्नन झै लाग्यो |तर निस्चल आकाश भुल्ने बाहानमा UKपुगेकी अस्मी फर्किन मानिन्|

कलेज जान छोडेको नै 6 महिना हुन लाइसकेछ,पोखरासँग नै मन मर्न लाग्यो|धरान ट्रासफर गरेर बाँकी कोर्स पुरा गरे |घरका मान्छेहरु सबै हारिसकेका थिए मेरो रहरसँग तर त्यो समय म आँफै हारिसकेको थिए आफ्नै रहरसँग |

खुब चर्चित भयो रे गीत ,इसासले म्युजिक भिडियो बनायो youtube मा खुब हेरियो रे ,पोखरेली साहित्यिक सस्थाले गीतको पक्षमा र बिबादित कबिताको पक्षमा बोलिदिए रे |पछी सुनेको थिए UK अाइसकेपछि खासै वास्ता लागेन |१० बर्षपछी नेपाल फर्किएको म ,पोखराको माइक्रो चढनेबित्तिकै आफ्नै गीत बज्यो जुन गीतले शिर्ष स्थान हासिल गरेको थियो |बसमा रहेका केही बुद्दिजिबिहरुले आफ्नै प्रकारले बिश्लेशण गरे गीतको र हराएको निस्चल आकाशको| सम्झिने माया गर्ने अझै रहेछ्न झै लाग्यो निमेष खनाल चेन्ज गरेर निस्चल खनाल बनाए |नलेखी बस्न त सक्दिन पहिले झै सक्रिय पनि छैन |कुनै दिनलाई प्रिय बनाइयो ,प्रिय बनियो ,ती रहरहरु ,खुसिहरु त्यति नै बेलाका लागि सुहाउदा रहेछन,सम्भ्भब हुँदा रहेछन,जहा पुगेपनी आफ्नो जिन्दगी बोकेरै हिंड्नुपर्दो रहेछ,जिन्दागी बिसाएर हिंड्ने प्रयास गरेका दिनहरु यादमा आउछन , जिन्दगी चल्दैछ |रिप्लाई आएको रहेछ |

सुनाउनुपर्नेछ,बुझाउनुपर्नेछ ,बाधा अड्चन मिठो सिर्जना बन्नेछ कबि हजुरको भोगाइ |अक्षरहरुको शक्ति हिजो पनि थियो ,आज पनि छ् र भोली पनि हुनेछ |लेख्न नछाड्नुहोला|type गरेँ र रिप्लाई मा क्लिक गरेँ|

-पालुङ्टार ५ गोर्खा |

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.