च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढि दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँद सँगै
विरक्तिन्छु सुनसानमा उदासिन यो बतास सँगै
जीवन भारि हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
वेदनामा पिल्सिएर एकान्तमा बग्छन् आँसु
दिलको व्यथा लुकाउदै निरास बनि कति बसुँ
डाँको छोडी रोईदिउँ लाग्छ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
NOVEMBER 9, 2008
(स्रोत : Dobato)