शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । हुनत सुगन्ध सधै सधै कहाँ टिक्छ र मानिस जस्तो न हो ।
गर्मीले टाउकामा तापको चट्याङ चुमाईरहेछ । वेगवान गाडिहरु प्रत्येक मिनेटमा अनिश्चितताको भविष्य साचेर दौडिरहेछन् । पुलका आसपामा परेवाहरु ,सँगै केहि युवा युवती शिरमा शिर जोडेर खोलालाई दिललगी गरिरहेछन । शुस्त सुस्त हावाले मलाई चुमिरहेछ , उता शिरिषका पत्ताहरु फुल भार्न उद्दत वनिरहेछ हावालाई गति दिएर । कति वैमान हुन्छन् है आफ्नै ठानिएकाहरु पनि । जिवन शिरिषको फुल भईदिए के हुन्थ्यो ? नभईदिए के हुन्थ्यो यस्तै प्रश्नमा अलमल अलमाल भएर हेरीरहेछु क्षितीज जहा अस्ताउछ एउटा घाम ,जुन लाई पालो दिएर । कति अनिश्चित छौँ है हामि ।
मान्छे हो मन छ ,दुख्छ खुसि हुन्छ । सधै सधै एकैनाशत कहाँ हुन्छर ? कति कथाहरु आशुले रचिएका हुन्छन् ,कति कथाहरुले आशुलाई सिकायत गर्छन । सायद हो रैछ । बोटहरु पानिले निथु्रक भिजाएको दिन पनि यहि थिए , घामले लत्याकलुक वनाउदा पनि यहि छु । फरक धेरै छ ,वस तिम्रो याद उहिगरि सुसाई रहेछ ।
कस्तो भुलेको ? गलासमा खन्याइएको कोक तातिसकेछ । फुरर उडेर एउटा शिरिषको फुल त्यहि कोकमा आएर तैरीन थाल्यो अव पिउकी नपिउ दोधार भएर टोलाई रहे टोलाई रहे । यस्तै अलमल अलमलको विचवाट हिडेको यात्रि कहिले सम्हालुङमा सेवारो गरेर फर्किन्छ , कहिले चिहान घारीमा लास गन्न भ्याउछ । थाहा छैन किन भिज्छन् परेलीहरु , किन रुझ्छन कागजका पत्ताहरु ? न यि प्रश्नको उत्तर फुलले दिन सक्छ , न वेगवान खोलाले दिन सक्छ ।
चिहाईरहेछन् वुद्धका आँखाहरु चिम्निहरुवाट । यहिवेला आमाको याद आहिरहेछ । कति सपना देखाए हुर्काउनु भएको थियो मलाई । न मैले आफ्नै भाग्य रेखा कोर्न सकिरहेछु ,न आमाकै फुटेका हत्केला टाल्न सकिरहेको छ । म प्रति फर्किएका आँखाहरुलाई निरासा दिएर हराए भने कति धिक्कार हुने छु । कुनै दिन तिमी पनि आमा हुने छौँ , सन्तान जन्माउने छाँै । अगारले कोरीदिदि हौँ भाग्य रेखा । आजभोली आँखाका भाषाहरु फेरीए , सम्वन्ध सुगन्धहरु फोर्सा हुन थाले तैपनि आशाको दियो सकाल्काउदै छु हेरौ कहाँ रोकिन्छ रेखा ।कहाँ पुगेर बांगिन्छ रेखा । छ्या कति निरास भएको म ? आजभोली किन भावुक बन्दैछु ?जिवन निरासा होर ? नैराश्यताको कालो वादल किन मुडारी रहेछ आँखा भरि ? भित्ताका फिल्मी पोष्टरहरु विना जवाफ सुनिरहेछन् ।
के मागेको भाई ? साहुनी नजिक आएर सोध्छिन् ।
ओफ सुन्ने गरि वोलिएछ । अब के भनौ चुरोट भनौ जिन्दगीमै नखाएको चिज , रक्सि भनौँ त्योपनि होईन , कोक भनौँ गलासमा बाँकिनै छ । भन्नुत छ के भन्ने । यस्तै यस्तै प्रश्नहरु जिन्दगीमा पनि सोधिदैछन् । साउनीले क्रिम लागाएकी छैनन् तर पनि सुन्दर छिन । कपाल कोरीए जस्तो देखिन्न , स्तन खुत्लुक्क झरेको छ ,सायद उनका दुई सन्तानहरुले लछारेर होला ,चुसेर होला । वैँसमा कस्ति थिईन होला ? खोला किनारमा सेन्टिवेराले वारेका डेढ तले घर । फुसले छाएको भएपनि त हुन्थ्यो ,तातेको जस्ताको गर्मी भतभत पोलीरहेछ , खोलमा चिसो पानी वगेर पो के गर्नु ।
किन एकोरीएको भाई ?
केहि पनि होईन , गर्मीले हैरान पार्यो ।
भोग्नु पर्छ भाई कस्लेपो दु:ख पाउ भन्छ र ?
ठिकै छ माछा खुवाउनु न । एकतमासले धुमधुमत वस्न उनलाई पठाइदिए ।
———–
किन जुध्यो आखाँ भन्थे माया वस्न रैछ
किन वस्यो माया मुटु दुख्न रैछ
एउटा एफ एमवाट गीत बज्न लाग्यो । मध्य दिँउसो किन यस्तो गीत बजाएको होला । फोन गरेर गाली गारौँकि जस्तो लागेको थियो फेरी छोडिदिए । भुरर उडेर चराहरु उहि शिरिषको बोटमा अडिए । सम्झे दिनभर को काम छोडेर किन यता अलमलिएको होला ? लाग्छ केवल आर्दश वाचिरहेछ जिवनमा । न हासेको दिन कहाँ छर तर दिलको पर्दा विस्तारै घमिलिएको निक्कै भईसक्यो ।
हावाले तिम्रो केश उडाई रहेथ्यो । मगमग वासना नाकै को डिल भएर मलाई जिस्काउथ्यो । चियाई चियाई हेर्थे तिमीलाई । आँखा जुध्दा लाजले भुतुक्कै बन्थे । कहिले चलाउथ्यौ , कहिले हिक्उथ्यो । छातिले घोच्दा जिरिङ्ग वनेको यादले छोएर वगिदिन्छ पल पल । ओठहरु चुम्वन गर्न आतुर थिए , तर रोकिदिए आफै । कुराको वाहानमा चल्दै यसै ठोकाईदिन्थ्यौ छाति कुइनासँग ,कुमसँग । कति मिठो थियो त्योआनन्द । तिमिले हात राज्न लगाएकी थियौ दायाँ कि वायाँ । मैले रोज्न सकिने । रोजको भए के हुन्थ्यो होला ? यहि प्रश्नको उत्तर खोजेर हिडिरहेछु हावाको लयमा ।
चिया पसल अघि यतिकै फालिएको कागजको टुक्रामा यस्तै लेखेका पढ्न पाएपछि सारा काम छोडेर वेतमास खोला किनारमा आहिपुगे । मैले हात दिएको भए के हुन्थ्थो ? यस्तै प्रश्नहरु छन मसँग पनि । न उत्तर आफुले दिन सक्छु , न अलमलवाट निस्कन सक्छु । गजनीको एसएमएस आयो प्रभु कता हो ? (फेसवुकमा शिवरात्रिमा जन्मिएको भन्दै गफल दिएर फोटो राखेको प्रभु भन्न थाले बा) भोली वन्द हो रे केहो खवर पाउ । खवर बेचेर बाचेको मान्छे ,आफ्नो खवर कसले बढिदेला खै ।बरु कागजमा लेख्ने को थियो ? किन च्यातेर फाल्यो खोज्नु थियो ।
कहिले निस्पट अध्यारो ,धिम धिम उज्यालो यस्तै यस्तै । खुलेर रुन सक्दिन ,खुलेर लेख्न सक्दिन । फेसवुकको दैनिकको अपडेढले गनगने भन्न थालिसक्के । धन्न तिमीले भनेकी छैनाँै । यो सार्वजनिक जीवन कति दुखदायि छ है ,न चाहेका गर्न मिल्छ , न दिल खोलेर रुन मिल्छ ,न दिल खोलेर बोल्न मिल्छ । अरुका निम्ति बाच्नु पर्ने ,अरुकै निम्ति हस्नु पर्ने । गरिव जनताको नाममा दुई करोड ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ , सरकारी निकायको प्रत्यक्ष संलग्नता भएको शंका गरिदै छ ,राम्रो स्टोरी हो । कता हो ? फेरी अर्को एसएमएस आयो । अव सुखै थिएन । जीवन सोच्न , कल्पनामा हराउन पनि पाईदैन । कस्तो प्राविधिक वनेको जिवन फ्याट फ्याट चलदिनु पर्ने । एउटा वस आयो ,उक्लिएर । शिरिषको भरिरहेथ्यो सुस्त सुस्त ,खोला वगिरहेको थियो उहि तालमा । तर मन ………वस यति ।
(स्रोत : Rajbanskota.wordpress.com)