म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न ।
डीनरको भाग काँटी मलाई पनि गाँस देउ न ।
प्रकृतिको सुन्दर फूल सधैं किन च्याति दिन्छौ –
यो फूललाई सुहाउने एउटा कुनै कपास देउन ।
तिमी जस्तै मेरो पनि छातीभित्र मुटु चल्छ
त्यै मुटुलाई सम्झाउँने थोरै थोरै आस देउन ।
अकालको मृत्युसँगै धर्ती भरि देह रह्यो
यसैलाई उडाउन हावा हुरी वतास देउन ।
बषर्ादको झरी पस्यो, हिउँदले मलाई कस्यो
लान्छ सधैं अकालले लौ न मलाई सास देउन ।
(स्रोत : Dobato)