न जितेर निस्कन सक्छु
न हारेर थेचारिन सक्छु
मझदारमा
न प्रेम ,न वियोगनै छ
न खुसी , न दुखनैछ
हो ,यस्तै एउटा कथामा अलमलिएको छु
अभिनय त्यति सजिलो छैन
छाडेर भाग्न पनि मिल्दैन
कस्तो कथा लेखिदियो नियतीले
न पहाड अङगालन मिल्छ
न हिमाल चढ्न मिल्छ
एउटा कथाले यहाँ सम्म ल्याउने
र अर्को कथाले त्यहा पु¥याउने
ठेलागाडा भित्र वसेर
स्वर्णीम विहान
प्रिय सन्ध्या खोजीरहेछु
पानीले रुझेजको विहान
पशिनाले भिजेको दिन
आशुले पखालेको साझ
यायावर सम्झनाका असिमीत पानाहरु
न तिमीलाई थाहा छ
न भन्न नै सक्छु
थिचिएका शब्दहरु
कुल्चिएका संवादहरु
लथालिङ छाडिएको रङ्गमञ्च अघि
अलमल अलमलको पर्दा चुमिरहेछु
जो खुल्ने पत्तो छैन
तैपनी अभिनय गरिरहेछु ,सुमधुर संगीतको ताल खोजेर
न वुद्ध हुन सके
न युद्धनै समात्न सके
जुद्धहरु खेदोमा लागेका छन्
हिँउ चिप्लेका आँखाहरु
भुवा लुछिएका मनहरु
कहिले काहि साउती मार्न आहिपुग्छन्
जहाँ घाँस काट्दै प्रेम गासिएको हुन्छ
आलु खन्दै देशको चिन्ता रचिएको हुन्छ
हांगाभरि छरिएको हुन्छ संवेदना
रमितेभरि रचिएको हुन्छ झ्याउरे भाका
त्यहि भएर होला
तिम्रो सहर जाडोमा धुँवा तपाउछ
गर्मीमा हिलो सिचाउछ
अनि हामिलाई सिकाउछ सम्भयताको नौटकि पाठ
त्यहि विचबाट मैले अभिनय गर्नुपर्छ
त्यो वार्दली मेरो भएनकी ?
त्यो छत मेरो भएनकी ?
जहाँ तिमीले टेकेकी छाँै
अलमल अलमलमा संगिन चुमिरहेछु
अकास हेरेर चुपचाप टोलाई रहेको युद्ध पोत जस्तो
सम्बोधनले सेलाएका हातहरु
प्रेमीलता ओछ्याइएका शब्दहरु
ऐठन लगाउँछन् गाउवेसीको गीतलाई
न फुल दिएर फकाउन सक्छु
न भाग्नै सक्छु
महानायक हुने सपना लेखिएन क्यारे
भाग्य रेखासँगै सिमा रेखाहरु उभिएका छन्
हुनत आमाहरु हमि तिर फर्किएर आशिश दिईरहेछन्
जो वालुवा पशिना वगाउदै गरेका सन्तानको सन्तापमा छन्
हुन र भईरहनु फरक रहेछ
त्यै भइरहुन अघि उभिएको छु
जहाँ आमाहरु आशुभित्र खुसि खोज्न सिकाउदै छन
सुकुनी जालवाट बचाउन अगारको टिक लागाई दिदैछन
यहिवाट स्वाप्निल आशाका चिप्ला सपना देखिन सक्छ
दुर्भाग्य विपना सपना जस्तो हुदैन्
सुनखरी फुलेका चुम्बनहरु
गुरासहासेका प्यासहरु
आजभोली उहि सडक किनारामा
सम्भावनको पशल थापिरहेछन्
त्यहिवाट देखिन्छ कहिले काहि तिम्रो तस्विर
हे नभेटिएको दृष्य
विपना भएर सपना नवनिदेउ
सपना भएर विपना नवनिदेउ
बरु तिम्रो मुस्काननै काफि छ
सोते छोएर पु¥याउला आँखा
तिम्रो सहरमा
जहाँ भोकै वाच्न सिकेको छु
एक्लै हास्न सिकेको छु
बरु राखिदेउ यतै भावनाका कन्टेनरहरु
त्यहाँ कडा चेकिङ पवित्रता माथि
(स्रोत : Rajbanskota.wordpress.com)