उषा किङ्कर्तब्यबिमुढ बनेर अतित सम्झी रहेकी थिइ। जत्तीबेला उ आफ्नी आमालाई भन्ने गर्थी।
“निशाकी आमाले त कतै जाँदैपिछे छोरीलाई नयाँ नयाँ लुगाहरु,श्रिङारका समानहरु ल्याइदिने गर्नु हुन्छ। मेरी आमाको त झोलामा हेर्यो भने थोत्रे डाइरी र कलम बाहेक केही हुन्न। कतै जानु भो भने पनि केही आशा नै लाग्दैन।”
छोरीको यस्तो बचन बाण सुनेर उषाकी आमा मौन बन्थिन र भन्ने गर्थिन। “छोरी यही थोत्रे कपी र कलम नै हाम्रो गहना र सौन्दर्य हुनेछ।”
आमाले भनि नसक्दा उषाले जवाफ दिने गर्थिन। “हो,हो हजुरकै कलम हाम्रो गहना र सौन्दर्य होला नी।”
आज त्यहि साबित हुदैछ। उषाकी आमाको मृत्यु भएको बर्षदिनको शोकसभामा एक साहित्यिक प्रतिष्ठानले उस्की आमालाई सम्मान स्वरूप कार्यक्रमको आयोजना गरेको छ। जुन कार्यक्रममा उस्की आमालाई महिला लेखिकाको रूपमा सम्मानित गर्दैछ भने ऊता निशाकी आमाको भने फजुल खर्चको कारण घर लिलाम हुने डाक बडाबडको कार्यक्रम भएर निशा आज नतमष्तक भइ समाज सामु उभिएकी छे। उषा पहिला निशाको रवाफ र चुरिफुरीको शिकार हुन्थी भने। आज उसैको मनोबलको मल्हम बनेर निशालाई ढाडस बाँधी रहेकी छ र आफ्नी आमाको र साथीकी आमाको मुल्याकण गरिरहेकिछ। अतितका नमीठा पलहरुलाई सम्झंदै,बर्तमानको गौरवमय आमाको समर्पणलाई सम्झन्दै।
(स्रोत : ekabita.blogspot.com )