चाहे काठमाण्डुको केन्द्रिय मुटुमा बस
चाहे काम खोज्दै उत्तरी ध्रुवमा खस
नयाँ साल जन्मेको ठाउँदेखि मनमा आउछ
नेपाली रगतको खुशी हरेक मुहारमा बगाउछ
हृदयमा अनुभव हुन्छ आमाको काखै न्यानो
नेपालीपन जोगाउने सगरमाथा कै छानो
जताततै स्वर्ग हेर तराई, पहाड, हिमाल
खुसीयाली दिदै थप्दै आउछ नयाँ साल
जता जता भए पनि हाम्रो एउटै जाति
नेपाली हौँ सधैँको लागि हाम्रो विशाल छाती
मेरो मुटु तिम्रो मुटु गाँसिएको नेपाल
सुख समृद्धि छर्दै आउछ शुभ नयाँ साल
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ‘kritisangraha@gmail.com‘ मा पठाईएको । )