~सुरज सोडारी ‘अज्ञात’~
न पठाउ यसरी याद यो छापामार झैं
बनाउँछन घायल कुनै अगाध प्रहार झैं
देखिन्छन हर मान्छे यहाँ मुर्दा बरा-बरका
मानबता पनि मान्छेको झुटो प्रचार झैं
तिम्रो चाल रहेछ मुटुको कुना-कुनामा
के रहेछ सोचिरहेथेँ माधक झंकार झैं
सुनाउँछ यस्तै रक्तिम कथा योद्धा सधैं
चिया पसल पनि बनिदिन्छन अखबार झैं
फरक त्यही आवरण छ तिम्रो आँखाको
मलाई त लाघ्छन् मुटु रेट्ने हतियार झैं
समिप हुँदा यो समया रोकी दिउँ लाग्छ
देखिन्छौ किन प्रतेक भेट्मा हतार्-हतार झैं
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
*एक मुठ्ठी भोजन*
जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥
आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥
कालो सफना हेर्नेको छत नै किन भाचिएन॥
भाचिएछ गरीबको यो मन॥
फैलाउ जति हार-गुहारे पनि॥
हुने हो कि होईन बुद्दको अर्को जनम॥
ऐतिहासिक धरोहर त लगे लगे॥
छोडे किन पापी भवन॥
कट्टर,आटी-सहासीले बिरता देखाए॥
उद्दार गरी नेपाली आत्मन॥
राहतमा पनि दलाली छोडेन॥
आफ्नो पार्टीको मान्छेलाई दिने-
गरीब जनता माथी नै झनै दमन॥
पहाड देखी उर्वर मधेश पनि हलिए।
तर हलिएन हाम्रो एकता झन॥
जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥
आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥
गजेन्द्र ज्यू,
कृपया तपाईंका रचनाहरु ईमेल (kritisangraha@gmail.com) मार्फत या माथि ‘नयाँ रचना पठाउनुहोस्’ को मार्फत हामीलाई प्रेषित गर्नु भए हामीलाई संग्रहालयमा राख्न सजिलो हुन्थ्यो ।
– आविष्कार
साहित्य संग्रहालय