कथा : निशा

~विद्या सापकोटा ‘निर्जला’~Bidya Sapkota

म एक्लै परेको छु घरमा, त्यै मेरो एकान्तलाइ ढाक्न केके केके मेरो मनभरी डुलिरहन्छन् । मेरो बालशखा मेरो आखामा घुमेकोघुम्यै छे, मलाइ घच्घच्याएर, जिस्क्याएर, बारम्बार सोचपुर्ण बनाएर ।
म सवाल जवाफ विहिन भएको छु । साँच्चै उ हराइ ………..??
“हलो ! हलो !सुरज बोल्नु भा’हो ?”
” अँ के छ तपाइ नआउ’नी ?”
” तिमि त कस्तो धोकेवाज रहेछौं यार, मेरो माया लाग्दैन ?”
” कति माया गर्छ त्यो त भरे थाहा भैहाल्छ नी, भरे आउ है, कसम आउछौं ? आउ हैत म बाटो कुरेर बस्छु ।”
“साले सधै झुट बोल्छ,” भुतभुताउदै फोन राख्छे उसको फोन थिच्ने र राख्ने क्रम चलिरहेको छ ।
” हेलो रमित हो? मलाइ चिन्यौ?”
” कस्तो भाई तिमि त , आफ्नै गलफ्रेण्डलाइ पनि विर्सने ।”
” ल…ल ठिक छ, बरु त्यतैबाट फोन गरन, म टट्टु टाट छु ।”
“हेरौं गर्दोरैछ कि रै’नछ ।”
” अँ भन किन नआको, एकचोटी पनि आउन मन लागेन ?”
“आफूभने बाटो हेर्दाहेर्दै………………………………..।”
“खाते कसैकी नभाकी त्यसकी स्वास्नी ।”
“ओइ काले तैले मलाइ किन झुक्याएको हँ ?”
“तँ आफूले आफूलाइ के सोच्छस् हँ ? मोवाइलमा सुको छैन ,न पैसा पठाउँछ न आउँछ । अँ सुन् भरे आइज नि । तेरो साथिहरु त्यो के त जनक, कुमार सबैलाइ लिएर आइज आ, नत्र म कहिल्यै वोल्दिन । ”
“तँ आउन्नस काले, नआ नआ तलाइ मेरो के मतलव छ र ?” हँ” ……….हँ” सुक्क सुक्क रुन थाल्छे ।
“त्यसोभए आइज नत, गाँठ चाहि टन्न ले नि । सुन न म अस्ति कान्तिपुर गा’को क्या दामी दामी लुगाहरु आ’रैछ यार । तँ नआएर म आत्तिरा’छु । ”
“भरे आइज ल, फोन पनि उधारो गरेको यार, एकचाटि दिन्नस्, ल छिटो दे………………” हा हा हा अट्टहास छोड्छे ।
“आइ लभ यु कालेबाइबाइू फोन चुम्दै ठ्याक्क फोन राखिदिन्छे र गालिदिन भने छाड्दिन । तँलाइ कसरि ठिक पार्नुपर्छ मैले जानेकि छु …यस्तैयस्तै फतफताउदै हुन्थि उ अर्थात निशा । उसको दिनचर्या यसरी नै वित्थ्यो । मलाइ उ गजव कि कलाकार लाग्छे । अचम्म छ एकैछिनमा
ग्वाँ ग्वाँ रोइदिन सक्छे , एकैछिनमा गलल्ल हाँस्छे । निशा साँच्चे निशा नै छे । न उसको मनभित्र के छ पढ्न सकिन्छ न त भविष्य र वर्तमान नै नाप्न सकिन्छ ।

उसको घर पश्चिम नेपालमा छ । घरमा उसका बुढा बा–आमा र एउटा भाइ छ । म उसलाइ सानैदेखि चिन्छु । किनकी हामी एउटै गाँउका हौं । उसका बा अर्थात गाँउभरिका ‘गान्टे दमाइ’ चाडवाडका बेला हामिहरु कहाँ पनि कपडा सिलाइदिन र वालि उठाउन आउथे । उ पनि बा को
पुच्छर लागेर आइरहन्थि । हामि अनायासै साथि भएका थियौ । पछि गाँउमा द्धन्द्ध चर्कियो, द्धन्द्धको मारले स्कूल पनि बन्द भयो, हामी शहर आयौं । सर्वहारा वर्ग भनेर उनिहरुलाइ शुरुमा कसैले केहि गरेन तर जव उ अलि ठूलि हुदै गइ उसको काधमा पनि बन्दुक थमाइने भयो । त्यै मौकामा उसकी फूपू माइत गई र उसलाइ फकाएर शहर भित्र्याई ।

हामि जिजिविषाको लागि विरानो शहरमा सर्घष गरिरहेका थियौं । यसैविच हाम्रो पसलमा झुल्किन थालेकी नयाँ केटि मेरो वालशखा ‘काली’ रहिछे । उसको नाम कालि त कालि थियो तर परिस्कृत काली ‘निशा’ । निशा हाइफाइको जिन्दगी विताउथी । हातमा महगां मोवाइलसेट, नयाँ नयाँ ड्रेसअप, नयाँ नयाँ मानिससँगको सँगत । भन्थी ूयस्ता केटाहरुलाइ त एउटै औलामा नचाउछु । ” तर विवशता उहि छ, पिडा थपिएको छ, अस्मिता बेचिइरहेको छ, भविष्य नाम जस्तै अन्धकार ।

उ मेरी वालशखा जरुर हो तर कस्तो विवशता, मैले मेरो साथि भन्दामात्र पनि समाज ओठ खुम्च्याउँछ , चिन्नेहरु जिव्रो टोक्छन् । उसलाइ ‘क्याविन गर्ल’ वाट साधारण केटि वनाउन मैले नचाहेको होइन । उसले सावाँ अक्षर चिन्नुबाहेक अरु पढ्न पाइन, अरु शीप पनि त थिएन । ‘गिट्टि कुट्नु र भारी बोक्नुभन्दा यहि ठिक छ, म खुसी छु ’ उ हाकाहाकी भन्थी । अजङ्ग जिउ भएकी फुपु लाज पचाएरै उसको भाउ लगाउथी । निशाले पनि अब लाज र शरम विर्सिसकी, फोनमै पनि छाडाछाडा बोल्थी । म परिवर्तित ‘काली’ देखेर जिल्ल परिरहेकी छु । अचम्मको छ यो समाज, पहिले यसो छोइदा पनि सुनपानी छर्केर÷गाइको गोबर कुल्चेर आफूलाइ चोख्याउनेहरु उसको वैंश÷यौवन किन्न हानथाप गरिरहेका छन् । तर जे होस्, उसले आफ्ना बाबुआमा र भाइलाइ भने राम्रै व्यवस्था मिलादिएकी थिइ । भन्थि, भाइ राम्रो स्कूलमा पढ्दैछ ।
“ओइ तँ साले आइनस् हैन ?”
“ए ! मोवाइल पनि स्वास्निलाइ दिइस् । ”
“ओ साली ! आफ्नो लोग्नेलाइ तह लगाएर राख्न सक्दिनस् मलाइ कराउछेस् ? तेरो लोग्ने रिझाउन नसक्नु तेरो कमजोरि हो, सक्छेस भने बाधेर राख् नू………………नशामा मात्तिएर उ गर्जिइ । …………….हरु आफ्नो पोइलाइ सम्हाल्न सक्दैनन् , मलाइ थर्काउछन् , लर्वराउदै निशा निस्केकी थिइ ।

केहिदिनपछि मोटि फूपु “कहाँ मुन्टि कुन्नि? सिगान पुछ्न जान्दिनथी, अहिले म सँगसगै लाग्छे वेशरम राँडू” भन्दै फतफताएको सुनियो ।
त्यसपछिका दिनमा हाम्रो एरियामा निशाको अत्तोपत्तो थिएन । उ कहाँ गइ, के गरि पत्तै भएन । मतलवको कुरा पनि बनेन त्यो, उसको दुनिया अर्कै थियो ।
“नमस्ते दिदि !”
“मलाइ चिन्नु भएन ? ”
एउटा हँसमुख युवक मलाइ बोलाउदै थियो, म अड्कल लगाउन नसकेर जिल्लिरहेको थिए ।
“म प्रितम ! ”
“कस्तो विर्सनुभएको ‘काले’ के त पल्लो गाँउको । ”
“ए ! तिमी …….”….म छक्क परेँ । कति ठूलो र शालिन भएछ काले ।
“अँ भन के छ, के गर्दै छौ ? वाआमा र दिदिको के छ?”
“म यतै वस्छु , अव क्याम्पस भर्ना हुनुपर्ला । बा–आमा त गाँउमै हो, दिदिको अत्तोपत्तो छैन । फेरि त्यो कुकुर्निको के कुरा गर्नु , जाँसुके मरोस ।। ”
“हेर्नुस न साथिहरु पर्खिराछन् म जान्छु, पछि आउछु नि लू, दगु–यो । कत्ति अचम्मको छ समय अनि यो समाजको खेल । परिस्थितीले उसलाइ ठग्यो । आफू ठगिए पनि भाइको भविष्य राम्रो होस भनेर उसले आफैलाइ बेची, बेचीरही । आज त्यै आफ्नो भाइ उसको नाम सुन्नपनि चाहन्न ।

समय हो आफ्नै रफ्तारमा वित्दै जान्छ । प्रितम पनि मेरै कलेजमा भर्ना भयो । एकदिन हामि घर फर्कदै थियौ । एकादशीको दिन थियो क्यार, हामी पनि मन्दिर पस्यौं । मन्दिर छेउमा भिडभाड थियो । भिडको वीचमा एउटा सानो बालक रोइरहेको थियो कोलाहालपुर्ण चित्कार । छेवैमा झिङ्गा भन्किरहेको एउटा मुड शरिर ढलिरहेको थियो ।
“कस्तो मरण हैं ??”
“कस्तो जिन्दगी विचरा । ”
“के को विचरा नि, कुन चाँहिको पाप हो, छाडेर मरी । ”
“आफू त कुहिइ कुहिइ, त्यो वच्चा पनि कुहिने भो । ”
“दुनियाँको घर विगारेकी थिइ, पाप कराको । ”
मानिसहरु आफ्नै किसिमले ओकलिइरहेका थिए, तथानाम कराइरहेका थिए । प्रितमले मेरो मुखमा हेर्दै सोध्यो ूविचरा को होला है दिदि ?ू उसैले पछ्यौरा उठायो ।
त्यो त हाम्रै काली पो रहिछे । निशामा डुवेकी काली । दुनियाँभन्दा टाढा पुगिसकेकी ‘जड काली’ ।

कल्याणपुर ७, नुवाकोट
हालः शंकरदेव कलेज, काठमाडौं ।
nirjala0008@gmail.com/sapkota.bidhya@yahoo.com

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.