भो अब मुटुमाझ, बस्न नआउ।
बिशालु छौ तिमी, डस्न नआउ।
एकान्तमा रुदै,झिक्ने बानी मेरो,
काडाँसरी मनभित्र पस्न नआउ।
बग्ने म खोला,तैरिने तिमी पात,
ठुलै छ भेल आज,खस्न नआउ।
मलाई नै जाली,भन्थ्योउ रे तिमी,
झुक्क्किएर आँफै,फस्न नआउ।
सेतो म गुलाफ यस्तै रहन देउ,
गाढा रातो रङ्ग,धस्न नआउ।
जोड्नलाई गार्हो,छुटेपछी बन्धन,
गाँठो पर्ला फेरी,कस्न नआउ।
भो अब मुटुमाझ,बस्न नआउ।
बिशालु छौ तिमी,डस्न नआउ।
नुवाकोट,चतुराले
हाल, पन्डिचेरी
2061बैशाख।
2010-05-10
(स्रोत : नेपाली गजल गुगल ग्रुप )