कथा : चर्पी

~जीवन’पीडित’दहाल~Jiwan Dahal 'Pidit'

पूर्णमायाले मकैका बोटलाई हातले हल्का रुपले समाउँदै छोड्दै गरेर आफ्नो मकैबारी एक फन्को लगाई । भरखरभरखर सुत्ला चेप्न थालेका मकैका बोट, भरखरै पाएको गोडमेल र पानी परेकाले मकैका बोटलाई आबश्यक पर्ने पर्याप्त पानी पाएर हरिया र चिल्ला–चिल्ला देखिएका थिए । त्यसमाथि पनि पातहरुमा लागेका धुलाका कणहरु पखालिएर गएकाले अर्को चमक थपिन पुगेको थियो । मन्द–मन्द हावाका झोकामा हल्लिर्इै बिस्तार बिस्तार तलमाथि गरेर शिर निहु¥याउँदै उठाउँदै गरिरहेका मकैका बोटहरुले नव–जीवन पाएको खुशी ब्यक्त गरिरहेका हुन् या पूर्णमायाका आगमनको स्वागतार्थ हल्लिइरहेका हुन् भनेर अनुमान लगाउन मुस्किल पर्दथ्यो ।

पूर्णमाया टुसुक्क आलीका डिलमा बसी । तीन महिना अघिको घटना चलचित्रका पर्दामा आएका चित्रझै एकपछि अर्को गर्दै आए–

एकदिनको बेलुकि पखतिर गाउँमा पसेका एकहुल सैनिकका बर्दीधारी मानिसहरु बासमाग्दै पूर्णमायाका घरमा आइपुगे । वल्लापल्ला गाउँमा सरकारी सैनिक र अर्काथरि सैनिकहरुका बिचमा भिडन्त भै रहन्छ र सरकारी सेनालाई वा सर–सहयोग गर्ने मानिसहरुलाई अर्काथरिले कार्बाही गर्दा कसैकसैको त मृत्यूपनि भयो अरे भन्ने सुनेका पूर्णमायाका परिवारले आज आफ्नैघरमा गाउँलेहरुले सुनाएका जस्ता मानिसहरु भेला भएर बास माग्दा हुन्न भनेर भन्ने सकेनन् । हुन्न भनिदिंदा सरकारी सेनालाई सहयोग गरेका भनेर कार्बाही गर्ने पो हुन् कि भन्ने आशङ्का र भयले गर्दा उनीहरुले नाई–नास्ति गर्ने हिम्मत गर्न सकेनन् । उनीहरुको सदाशयता जस्तो देखिएकाले यो घटना पटक पटक दोहोरिदै गयो । जसका फलस्वरुप उनीहरुको घर सरकार बिरोधी देखिदै जानुकासाथै अन्नभण्डारमा पनि सलह लागेझै भयो ।

केहीदिनपछि फेिर अर्को स–शस्त्र समूह पूर्णमायाँको घर खोज्दै आइपुग्यो । बिहानको खाना बनाउँनका लागि दाउरा चिर्न लागेका पूर्णमायाका पतिलाई उनीहरुले माओबादीलाई खाना खुवाउने र बास बस्न दिने तैं हैनस् भन्दै आँगनमा पछारेर बन्दुकका कुन्दा र बुटले भकुर्नसम्म भकुरे । पूर्णमाया पतिलाई बचोटगर्न जाँदा उसको दाहिने हातसमेत भाँचियो । सानीछोरीको टाउँको फुट््यो तर पूर्णमायाका परिवारले कसलाई सहयोग गर्ने कसलाई नगर्ने भनेर छुट््याउन सकेनन् । बरु नयाँ आएको टोलीले अर्को एकहप्तासम्म उसैकाघरमा रगजग गरेर बितायो र फेरि पनि सहयोग गरिस् भनें …….भन्दै फर्कियो । पूर्णमायाको पति एकहप्ता सम्म हलचल गर्न सकेन ।
अलि तङ्ग्रिएपछि उसलेपनि गाउँछोड््यो ।

दुईपक्षको खातिरदारी गर्दागर्दै अन्न भण्डार रित्तियो, लोग्ने मुग्लान भासियो, पूर्णमाया आफैं पनि बिखुचो भै । गाउँघरमा अन्नपात अ‍ैंचो पैचो चलाउँन पनि एकाथरिको खवरदारीले गर्दा गाऊलेहरु कसैले हिम्मत गर्न सकेनन् । उनीहरुले कतिदिन एकछाक अन्न र कतिछाक गिठ्ठा भ्यागुरले चलाए दिन गन्ती भएन ।

पूर्णमायाले पनि अरु गाउँलेहरुले सुनेको हल्ला ‘अब गाऊँमा सरकारी सेनाको टोली आएर स्थायिरुपले बस्ने अरे र गाउँलेहरुका काममा सर–सहयोग गर्ने तथा शान्तिसुरक्षा पनि गर्ने अरे’ भन्ने सुनी । उसका मनमा पनि आशाको दियो बल्यो ‘अबचाँहि पक्कै पनि डराई–डराई कसैलाई खुवाएर अन्न रित्याउँनु पर्दैन होला र अञ्जान भएर खुवाएकै भरमा सास्ति खेप्ने अबस्था पनि आइपर्दैन होला । जे भएपनि कमसेकम सानीका बा घरमा बस्नमात्रै सकेभनें पनि दुईचार छाक नखाएरै भएपनि कटाउन सक्छु नि’ भनेर उसको अनुहार उज्यालो भएको थियो पूर्णिमाको पूर्ण चन्द्र झै । त्यसमाथिपनि भरखरभरखर सुत्ला हाल्नथालेका लहलह परेका मकैका बोटले उसका पेटमा लागेको भोकका ज्वालालाई त्यसै त्यसै शान्त गराइदिन्थ्यो ।

उसले घरतिर हिड्नेबेलामा फेिर एकपल्ट मकैकाबोटलाई आफ्नो सानो नानीलाई स्नेहीहातले मुसारेझै मुसारी र एउटाबोटलाई जतनसँग निहु¥याएर मकैको छिप्पिइ नसकेको घोगालाई आफ्नो नाकमा रगडी र लामो सास तानी मकैका बोटको बास्ना लिई अनि प्रसन्नताको हाँसो मुसुक्क हाँसी । पूर्णमायालाई एकपटक त सम्पूर्ण प्रकृतिनै खुशीले हाँसिरहे हो कि झै लाग्यो ।

बिहान उठ्नासाथ पूर्णमायाले घरको कौशीबाटै पहिलो नजर आफ्नो मकैबारीतिर लगाई । मकैबारीको एकाछेउमा मकैकाबोटहरु जोडजोडले हल्लिइरहेजस्तो उसलाई लाग्यो । लौ कसका डाम्ना मकैबारीमा छिरेर सक्न आटेछ भन्दै ऊ बेतोडले मकैबारीतिर हान्निई ।
भरखर–भरखर सुत्ला चेप्नथालेका मकैका बोटहरु धमाधम काटिन थालेका देखेर अत्तालिएकी पूर्णमायाले हकारी ए ! किन कटेका छौ मेरा बारीका मकै ?
धमाधम मकैबारी फाड्न लागेको मानिसले रुखोस्वरमा उत्तर फर्कायो–“हामीलाई सुरक्षाका लागि कतैपनि अग्ला बोटविरुवा र अग्लाबोट हुने बालीसमेत नराखी चारैतिर देख्न सकिनेगरी जग्गा खालिराख्नु भन्ने आदेश छ त्यसैले काटेको ।” सोधेर मकै रोप्नु पर्दैन ? अझ उसले धम्क्यायो पनि ।

उसलाई कुरा बुझ्न बेर लागेन । पूर्णमायाले बिन्ती गरी–“हजुर मेरो आफ्नो सम्पत्ति भन्ने यही एउटामात्र बारी हो र यसै बारीका भरमा हामीहरुको परिवार आश्रित छ । यै बारीको बालीपनि नरहे त हामी भोक भोकै मर्छौ हजुर ! त्यसैले हामीहरुमाथि दया गरेर मकै नकाटिदिनुहोस् ।”

ल ! ल ! यो कुरा यहाँ गर्ने हैन सम्बन्धित ठाउँमै गएर गर्ने हामीलाई जे आदेश दिइएको छ त्यो कार्य पूरा नगरी छोडेर जान मिल्दैन ।
केहीसमय भित्रै पूर्णमायाका बारीका मकै सोत्तर भए र भरखरै सम्म हरियाली छाएको बारी नाङ्गै भुतुङ्गै देखियो । पूर्णमाया खप्न नसकेर त्यही बेहोस भएर पुर्लुक्क ढली ।
पछिल्ला दिन चिन्ता र शोकले पूर्णमाया ओछ््यानबाट उठ्नपनि सकिरहेकी थिइन । त्यसै बेला–

यो घरमा को छ हँ ?

आँगनमा उभिएर कसैले हपा¥यो ।

आफ्नै घरमा कसैले हपारेको हुनाले ऊ सकीनकी उठेर कसलाई खोज्नु भएको हो कुिन्न ! भन्दै घर बाहिर निस्किई । तर बाहिर निस्कनासाथ सैनिक बर्दीधारी तथा हातहतियार धारी मानिसहरुले आँगन भरिएको देखेर उनको आङ्ग र मन एकैपटक सिरिङ्ग भयो अर्को सम्भावित घट्नसक्ने कुनै दुर्दान्त घटनाको आशंङ्काले । अनि उसले मनमनै ईश्वरको पुकारा गर्दै भनी–“हे ईश्वर यस दुःखीको रक्षा गर प्रभु ।”

‘तपाईंलाई नै खोजेको हो’–एउटा बर्दीधारीले उत्तर दियो ।

उसको आतङ्कले कम्पित भएको झिनो स्वर गलाबाट मुस्किलैले निस्कियो, किन होला हजुर ?

यो घरमा लोग्नेमान्छे छैनन् ?

छैनन् हजुर मुग्लान गएका छन् ।

ए ! हामी यस गाउँमा चर्पी, धारा बनाईदिन, नागरिकता र औषधि बाँड्न आएका हौ । तपाईका घरमा कोही बिरामी परेकाछन् कि ?

उसले मुण्टोमात्र हल्लाई स्वीकृति, अस्वीकृति नबुझिने गरी ।

तपाईका घरमा चर्पी छैन जस्तो छ, चर्पी बनाउँने ठाउँ देखाउनुस् हामी चर्पी बनाई दिन्छौं । बोल्दाबोल्दै बर्दीधारीको स्वर आदेशात्मक भएर गुन्जियो ।

घरमा शैनिक नै शैनिक देखेर डरले आमासँग लेपास्सिएकी छोरीले मसिनो स्वर पारेर आमालाई सोधी–“आमा ! सुत्ला हालिसकेको मकैबारीजति सबै फाँडेर हिजै सकिदिइहाले त अब किन चाहियो र हामीलाई चर्पी ?”

पहिले त आमाले ‘खै !’ गरेर उत्तर फर्काइन् अनि तुरुन्तै छोरीलाई सम्झाइन भोलि भाले नबासुन्जेल सम्मचाँहि चुप्लाग छोरी फेिर कसैले हाम्रा कुरा सुनिहाले भने ………….।

जुरोपानी-४,झापा
हाल: काठमाडौँ |

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.