पहाड लास निदाएको बेला
एकमा अनेक भएर
मझेरीमा चिहान् रोपीरहेको छ मान्छे
हिमालका सपनाहरु पगालेर
आफ्नै आयु पिउन तल्लीन छ
घामका आँखाहरु टिप्ने चाहानामा
मान्छे स्वयम्
आफैंलाई कैद गरिरहेको छ
मृत्युहरुको कालो कारागारमा
र आफ्रनै चित्ता तापीरहेको छ
कता कता ग्लानी दःुखीहेको छ भीत्र
मान्छे भएर जन्मेकोमा
किनकी
मैले मान्छेको खोल भीत्र
नांगो मृत्यु देखेको छु
एउटै मुटुको दुई फग्लेटामा
एउटामा बुद्धको कथा लेख्छ मान्छेले
अर्कोमा युद्धको ब्यथा
मान्छे भीत्र मान्छे नअटाएपिछ
यस्तो पनि हुँदोरहेछ
िसंगो मान्छे
आधा युद्ध बाँच्छ मृत्यु गाउँदै
आधा बुद्ध बाँच्छ जीवन गाउँदै
पहाडहरु लाश निदाएको बेला
कोशीहरु रगत सुसाएको बेला
हाम्रो मुट्ठी एउटै हुनुपर्ने होईन र
मृत्युहरुको मुहान उखेल्न ।
काठमाण्डौं
June 21, 2006
(स्रोत : Bhab.wordpress.com )