~अनिल याखा~
आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन रह्यो । एक मनले त के राखे नि कहिले पुरा गर्ने होइन भनेर सोच्यो । उसले साथीहरुलाई मेसेज गर्न केहि वर्षअगाडि लेखिएको डायरी पल्टाउन थाल्यो । डायरीमा भएका मुक्तकहरुमध्ये एउटा धेरै राम्रो छान्यो । त्यसै डायरीमा एउटा प्रेमपत्र पट्याएर राखिएको थियो । ऊ त्यही प्रेमपत्र समातेर एकोहोरिन थाल्यो ।
+2 पढ्ने क्रममा एउटा केटीसंग भेट भयो प्रेमको भनौँ एउटै सेक्सनमा एउटै फ्याकल्टी पढ्नाले भेट भयो । तर भेटेको दुई वर्षसम्म पनि प्रेमले छाँयालाई आफ्नो मनको कुरा भन्न सकेन । 11 क्लासको टुर जाने क्रममा कैयौँ पल्ट उसले छाँयासामु नजिक हुन खोज्यो, पहिलो वर्षको भ्यालेन्टाइनमा पनि भन्न सकेन । प्रेमको एकोहोरो माया थियो तर स्वच्छ र निस्वार्थ पनि । फेरी दोस्रो वर्ष लाग्यो । उसैगरी टुर गयो, भ्यलान्टाइन डे गयो तापनि भन्न सकेन । धेरै क्यान्टिनमा प्रयास गर्यो तर सब प्रयास व्यर्थ भयो ।
आज वर्षको अन्तिम दिन थियो त्यसैले प्रेमले छाँयालाई कलेजमा भेटेर नयाँवर्षको शुभकामना र प्रेमपत्र एकसाथ दिने योजना बनायो । ऊ खुशीले उफ्र्यो । रातभर मिहेनत गरेर मुक्तक लेख्यो अनि प्रेमपत्र पनि । विहान कलेज जाने क्रममा सतर्क भएर प्रेमपत्र हाल्यो । कलेजमा जोनेबितिक्कै उसले छाँया बस्ने बेञ्चमा आँखा डुलायो । छाँया पनि आकिरहिछ । ऊ झन् हर्षले पागल भयो । आज अन्तिम दिन थियो उनीहरुको भेट । भोली नयाँवर्ष अनि त्यसपछि 12 कक्षाको परिक्षा । र आज चैँ दिएरै छोड्ने अठोट गर्यो ।
क्लास सकिने वितिक्कै प्रेमले आफ्नो पकेटमा छाम्यो, प्रेमपत्र सुरक्षित रहेछ । बाहिर गेटमा छाँयालाई पर्खन थाल्यो । हल्का मुस्कुराउदै छाँया आइन् । उनले हातमा केही बोकेकी थिन् पत्रजस्तो । त्यही पत्र प्रेमलाई दिदै भनि ह्याप्पी न्यु इयर २०६९ । प्रेम निःशब्द भयो । उसले आफैलाई विश्वास गरेन र सुस्तरी हत्केला चिमोट्यो । सपना होइन रहेछ । सेम टु यु पनि राम्ररी भन्न सकेन न त लेखेको प्रमपत्र दिन नै सक्यो । हतार-हतार घर आएर कौतुहल हुदै पत्र खोल्यो जहाँ लेखिएको थियोः
“प्रेम म तिम्रो साथी धनलाई माया गर्छु । तर भन्न सकेकै छैन सो प्लिज भनिदेऊ न हे मेरो लागि ।” ऊ पत्र हेरेर छाँगाबाट झर्यो । उसको अव्यक्त प्रेम लुकीलुकी हेराई मै सीमित रह्यो ,पत्रमै सीमित रह्यो । छाँया त प्रेमको जीवनबाट त्यही निर्जीव छाँया भएकी थिन् ।
-‘छाँया’ प्रेम सुस्तरी बोल्यो । हातबाट डायरी झर्यो । अनि चारैतिर अँध्यारो छाँयाले निष्पट अन्धकारको रुप लियो । नयाँवर्षसंगै प्रेमको जीवनले नयाँ संसार पाउदैथियो…………………
समाप्त !
-अनिल याखा
धरान
२०७०/१२/३०
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )