~गीता अमात्य~
मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा सबैका प्यारी थिइन । सानै उमेरदेखि सबैलाई मद्धत गर्ने उनको बानी थियो । घरमा आमा बुबाकी प्यारी लक्ष्मी गाउँघरमा जन्मेकोले सानै उमेरमा उनको विवाह भयो ।
विवाह पश्चात उनले घरमा सासू, ससुरा, लोग्ने सबैको तनमनले सेवा गर्न थालिन । घरमा कमाउने उनको श्रीमान् एक्लै भए पनि उनले आफ्नो घरलाई राम्ररी स्याहारेर राखेको थिइन । यस्ले गर्दा उनी आफ्नो परिवारमा पनि निक्कै प्यारी बुहारी भएकी थिइन । जीवनमा खुशी पाएकी लक्ष्मीको सासूकाे उनले बिहे गरेको वर्ष दिन नपुग्दै निधन भयो ।
यसरी सासू बितेको केही समयपछि ससुर बाले अर्को बिहे गर्न पुगे । नयाँ सासू भित्रिएको केही वर्षसम्म लक्ष्मी निक्कै खुशी थिइन । हुन पनि उनको व्यवहारलाई चित्त नबुझाउने कोही थिएन । घरको सबै काम हेर्नु , सबैको राम्ररी विचार गर्नु नै आफ्नो प्रथम कर्तव्य ठान्ने लक्ष्मी त्यस घरको लागि लक्ष्मीकै रुपमा रहेकी थिइन ।
उता आफूले बिहे गरेको केही सालपछि नयाँ सासूले छोरा पाइन । यसपछि उनीहरु कामले गर्दा अन्त बसाई सरेर बस्न थाले ।
त्यस ठाँउमा पनि लक्ष्मीको व्यवहारले सबै निक्कै खुसी थिए, कतिपय मानिसहरु आर्दश बुहारी भनेको त लक्ष्मी जस्तो हुनुपर्छ भनेर उदाहरण समेत दिन थाल्थे । यसरी समय बित्दै जान थाल्यो । केही वर्षपछि लक्ष्मीकी सासूको आँखा बिग्रदै गयो, यस्तो समयमा घरको सबै भार लक्ष्मीको थियो ।
लक्ष्मीकै करकापमा उनको लोग्नेले अनेकौ दुःखकस्ट गरेर सासूको आँखाको उपचार गर्न थाले । सासूको आँखा उपचार गर्दागर्दै आँखा फेर्नुपर्ने अवस्थामा पुगेको थियो । यस्तो समयमा पनि उनी नआत्तिकन यताउता ऋण काढेर सासूको आँखा फेर्न लगाइन । यसले गर्दा उनीहरुमा ठूलो आर्थिक संकट आइलाग्यो ।
तर पनि उनले कुनै दुःख नमानी आफ्नो कर्तव्यपथमा सधै अगाडि बढिरहेकी थिइन । उनलाई आफ्नो भित्री मनमा दुःख थियो त केवल आफ्नो आँगन खाली भएकोमा । तर उनले आफ्नो दुःख कसैलाई प्रकट गरेकी थिइनन् । आफ्नो घरलाई नै आफ्नो खुशी मानी उनले आफ्नो जिन्दगी बिताइ रहेकी थिइन ।
यसरी हाँसीखुसी लक्ष्मीको दिन बित्दै गइरहेको थियो । उनीहरुको घरमा कहिल्यै झैझगडा हुदैनग्यो । यसले गर्दा उनको घर परिवारलाई चिन्ने कसैले पनि लक्ष्मीको सौतेनी सासू हुन भन्ने थाहासम्म पनि पाएको थिएन । उनको व्यवहारले त्यो घरमा जस्तै दुःख भए पनि त्यसको कसैलाई भान सम्म हुन दिएको थिएन । तर यस समाजको परम्पराले गर्दा बिस्तारै लक्ष्मीको जिन्दगीमा कालो बादल छाउन थाल्यो ।
उनको देवर जति हुर्कदै गए उनी आफ्नो सासूबाट विस्तारै टाढिदै गइन । सासूको व्यवहारमा भएको परिवर्तन लाई उनले खासै ध्यान दिएकी थिइनन । उनी सधै आफ्नो कर्तव्य पथमा अगाडि बढ्दै गइरहेकी थिइन । जतिजति देवर हुर्कदै गए, त्यतित्यति सासूको उनी र उनको लोग्ने प्रतिको व्यवहारमा परिवर्तन हुदै गयो । अब लक्ष्मीले विस्तारै विस्तारै त्यस घरमा मानसिक वेदना भोग्न थाल्नु पर्यो । आफूले त्यस्तरी सम्हालेर राखेको घरबाटनै लक्ष्मीलाई हेला हुन थाल्यो ।
देवर ठूलो भएर बिहे हुने भएपछि लक्ष्मीले आफन् दुःख सुःखको साथी पाउने आशा गर्न थाली । तर जब त्यस घरमा कान्छी बुहारीको प्रवेश भयो त्यस दिनदेखि उनको जिन्दगीमा झन झन दुःख बढ्न थाल्यो । राम्रा कामहरुमा समेत अनेकौ व्यगंवाणहरु सहन बाध्य भइन लक्ष्मी ।
उता उनको श्रीमान् सासू ससुरोको डरले पनि लक्ष्मीलाई पूर्ण साथ दिन सकेका थिएनन् । समय चक्रले बवस्तारै लक्ष्मीलाई एकोहरो बनाउदै लग्यो ।
जुन घरलाई स्वर्ग बनाउन लक्ष्मी सधै अगाडि बढ्ने गरेको थियोऽ त्यही घरमा उनको दुर्गती हुन थाल्यो । तर पनि उनलाई त्यस्मा कुनै पश्चाताप थिएन । उनले सकेसम्म आफैलाई समयको गतिमा बाँधी राखिन । तर त्यस घर परिवारको तर्फबाट उनी प्रतिको निष्ठुरीपन घट्नुको सट्टा दिनप्रतिदिन बढ्न थाल्यो । यस्तो प्रतिदिन उनीमा मात्र सीमित नभई उनको माइतीपट्टी पनि विस्तारै पुग्न थाल्यो । आफूलाई परेसम्म सहेर बसेकी लक्ष्मीलाई आफ्नो माइतीलाई त्यस घरबाट भएको दुव्र्यवहारले निक्कै दुःखी तुल्याएको थियो । यसले गर्दा लक्ष्मीमा रहेको सहनशीलता विस्तारै घट्दै गयो ।
यसरी एक आदर्श बुहारीको रुपमा रहेकी लक्ष्मीलाई यस समाजले शात्न संग जिवनयापन गर्ने मौका सम्म पनि दिएन । उनको जीबनमा ठुलो आाधी व्यहोरीहरु आउन थाले । यसले गर्दा लक्ष्मीमा पनि केहि वरिवर्तनहरु आउन थाले । जीवनका सारा दुःख कष्टलाई बिर्सन उनले पिउन थालिन । यस बाट उनको दुःख घटुनुको सट्टा बढ्लै जान थाल्यो । उनी बिपनामा पनि बर्बराउन थाली हे भगवान मलाई कुन जनमको सजाय दिदैछौ ? मेरो कोख बाझो राखेर तिमीले के पायौ ? यसबाट उनलाई आफ्नो श्रीमान समेत टाढिदै गएको महसुस हुन थाल्यो । हुन पनि घरको बिसम परिस्थितिले गर्दा उनको श्रीमानले समेत उनलाई पुर्ण साथ दिन सकेको थिएन ।
आफुले गरेका हरेक राम्राकामहरुमा समेत उनी रात दिन प्रतादित हुन पुगिन लक्ष्मी । यस्तो अवस्थाले गर्दा सबैकै प्यारी लक्ष्मी आफ्नो जिन्दगी देखी बिस्तारै टाढा हुदै गईन । उनमा रहेको सहनसिलता बिस्तारै टुट्दै जान थाल्यो । कति दुःख गरेर सम्हालेर राखेको घरमा उनले यस्तो कष्ट भोग्नु पर्ला भनेर उनले सपनामा पनि सोचेकी थिईनन । तर समयको निष्ठुरिपनाले उनको जिवनलाई नर्क तुल्य बनाउन थाल्यो । यस्ले गर्दा उनको धैर्यताको सिमालाई पनि पुर्ण बिराम लगायो, आफुमा चिढचिढाहत आउन थाल्यो । बिस्तारै उनलाई आफनो जिन्दगी समेत बोझ महसुस हुन थाल्यो । यस्तो परिस्थितीमा उनी सोच्न बिवश भईन कि अब उनी कसको लागी बाच्ने ?
एक दिन लक्ष्मीको घर अगाडि बिहानै ठुलो भिडको जमघट शुरु भयो । उनले आफनो जिवनको कुनै महत्व बाकी रहेको देखेन, आफ्नो सहनसिलताले पनि साथ दिन छोडेको लक्ष्मीको लागी एउटै बाटो बाकी रहेको थियो, उनले त्यहिबाटो अपनाईन । जुन समाजमा उनको ठुलो कदर थियो त्यहि समाजको लागी प्रश्न बनाई लक्ष्मीले आत्महत्या गरिन ।
यसरी आफ्नो जिवन गुमाउन बाध्य भएकी लक्ष्मीले यस समाजको लागी उनले निक्कै अनुत्तरित प्रश्नहरु छोडेर गएकी छिन । के यस समाजमा नारीको अन्त यहि हो त ? अहिलेको प्रगतिशिल भनाउदो समाज भित्र रहेको सौतेनीपनाको अन्त कस्ले गर्ने ? नारी अधिकारको कुरा गर्नेहरुले यस समाजमा नारीले भोग्नु परेका बिषम परिस्थितिको मुल्याकंण कस्ले गर्ने ? यस्ता कैयन प्रश्नहरुलाई छाडेर एक आदर्श नारीको अन्त हुन पुगेको त्यस अवस्थालाई बुझ्ने सबैको आखा त्यसबेला आसुले भरेको थियो । हुन पनि यस रुढीबाढी समाजमा नारीले जतिसुकै त्याग तपस्या गरपनि उनीहरुको कुनै महत्व रहेको देखीएन । बास्तवमा भन्ने हो भने समाजमा हेपिएर रहेका नारीहरुकोलागी नारीनै प्रमुख सत्रुको रुपमा रहेको देखिन्छ । जतिपनि प्रगतिशिल बिचारधारा भएको घरमा पनि नारीको लागी नारी नै टगारोको रुपमा रहेको हुन्छ ।
तसर्थ हाम्रो समाजमा नारीको कदर हरेक घरबाटनै शुरु भएमा मात्र समाजमा नारीको स्थान राम्रो हुने थियो । यसबाट उनीहरुको मनोबल समेत बढरने भएकोले हामीले आ आफ्नो घरबाट नै नारीको कदर गर्ने शुरुवात गर्न थालौ ।
इति ।
(स्रोत : Dainikee.com)