~गजेन्द्र बुढाथोकी~
जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु
यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ
अस्तित्वविहीन तस्वीर ।
देख्नेहरुलाई आशाको तस्वीर
भोग्नेहरुलाई मात्र थाह छ
जिन्दगी बदल्छ रंग हरपल
अंध्यारो उज्यालोको पुरानै तर्क ।
कोशी किनारदेखि जाजरकोटसम्म
अव्यक्त आशा अन्तिम पलसम्म
मृत्युको भय शायद अब छैन
काल नजिकैबाट गुज्रिएपछि
साला जिन्दगी !
रमझम चल्दैछ एकातिर भोज
मदिरामा लठ्ठ उन्माद बैशालु जोडीहरु
रछ्यानमा भोक खोज्दैछन
जीवनका अभिलाषिहरु
अतृप्त असीमित चाहनाहरु
छरिएका जीजिविषा
बाँच्नुको अर्थ सम्झौताविहीन सम्झौता
साला जिन्दगी!!
(स्रोत : Dainikee.com)