~माेहन राज खनाल~
विर्सन नसकेका पलहरू
तिम्राे मेराे जिन्दगी
सुख र दुःख साथमा
विर्सन नसकेका पलहरू ।
फूलकाे वासना मग्मगाउँदा
सुखकाे अनुभव आनन्द
मधुमुस्कान काे उज्यालाे
विर्सन नसकेका पल हरू
माता पिताकाे छत्र छायामा
दाजु दिदी हरूकाे साथमा
गाँउ घर डुल्दै मुस्कुराएकाे
नाना गेम् खेल्दै बिताएकाे
विर्सन नसकेका पल हरू
त्याे समय आज
थाहा नपाउँदाेगरि
बिति सकेकाे
गाउँठाउँ जहाँ पुर्याएतापनि
टाढा नभएकाे मनबाट
विर्सन नसकेका पलहरू ।।माेहन राज खनाल बर्मा (म्यामा)
यस रचनाका साथ उहाँले आफ्नो सोंच पनि पस्किनु भएको छ हामीलाई : ‘साहित्य मान्छे जिउँने कला र सैली हाे, साहित्यले मान्छेकाे आँखा खुलाउँछ ।’
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )