~सूर्यबहादुर सेन~
०३९ भदौ १८ गते दरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई भेट्न गएँ । उहाँ मसँग कुन्नी किन हो टेढिनुभएको रहेछ ।
‘खाद्यमा गए जानुस्, नगए नजानुस्, तपाईंको खुसी । यो तपाईंको विषय हो’ भन्नुभयो ।
म छक्क परेँ । र्फकेँ । बाटोमा हिँड्दै सम्झँदै- ‘आफैं निर्णय गरे भइहाल्यो नि !’
भदौ २३ गते गृहसचिव शाहले ‘सेन खाद्यमा जावस् भन्ने दरबारको पनि इच्छा रहेछ, जानुस्’ भन्नुभयो ।
‘श्री ५ मा जाहेर भई मौसुफको स्वीकृतिमा मलाई खटाइएको भए जान्छु’ भनेँ ।
————-
असोज ७ गते कर्नेल भरत गुरुङको बोलाबटमा १२ बजे ‘जीवन कुञ्ज महाराजगन्ज गएँ । आधा घन्टा जति कुरा भयो ।
उनले भने- ‘खाद्य संस्थान पैसा कमाउने ठाउँ हो । यसमा पैसा कमाउनुपर्छ, जो जति आउँछ, मालिकलाई टक्र्याउ, जो बक्सिन्छ, सो हामी खाऊँ, व्यापारीसँग मिलौँ ।’
साहै्र अपि्रय कुरा लाग्यो । त्यो ठाउँमा नगएको, संगत नभएको, नबुझेको ठाउँ । ‘साहै्र अप्ठ्यारो पर्यो । नरिसाउनु, नखुसाउनु, के गर्नु पर्ने हो ? बोल्न मिल्ने हो कि नमिल्ने हो, नबुझी बोल्न भएन । आफूलाई कठिनतापूर्वक धैर्यमा राखी बुझ्न पर्यो’ भन्ने निश्चय गरेँ र भनेँ- ‘कर
साहब ! त्यस्तो कुरा म जान्दिनँ, किन कि त्यस्तो गरी आएको छैन, बानी छैन र गर्दिनँ पनि’ मेरो भनाइ सुनेर पनि उनले फकाइरहे ।
एक बजे श्री ५ अधिराजकुमार धीरेन्द्रसँग दर्शन भेट गरेँ । मौसुफबाट त्यस्तो कुरा केही भएन । बरु राजनीतिक, प्रशासनिक र संस्थानको संगठनात्मक क्रियाकलापबारे कुरा भए ।
मैले बिन्ती गरेँ, ‘पञ्चायतमा गुटबन्दी छ, जो व्यवस्था निम्ति हानिकारक छ । प्रशासनमा गलत प्रशासकहरूको गलत संगठनको प्रभाव छ । राजपरिवारलाई एक्सपोज गराउने र अपजस दिलाउने क्रियाकलाप भइरहेछन् । खाद्य संस्थानमा पनि गलत प्रवृत्तिकै संस्कृति छ ।’
मेरा कुरा धैर्यतापूर्वक सुनेर स्थितिप्रति सहमति बक्स्यो र हुकुम भयो- ‘खाद्यमा राम्रोसँग डटेर काम गर्नु, कर्मचारीसँग मिलेर आफ्नालाई हात लिएर काममा अगाडि बढ्नु, म हेरौँला ।’
——————-
असोज ८ गते बिहान प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ गएँ । २ घन्टा कुर्नुपर्यो । उहाँले भन्नुभयो- ‘खाद्य संस्थानका कर्मचारी सबै डाँकैडाँका हुन् । यस्तै डाँकाबाट राष्ट्रको अर्थ व्यवस्थामा डकैती भइरहेको छ । त्यस्ता कर्मचारीलाई पूरा नियन्त्रण गर्नुपर्छ । खोस्ने हटाउने सबै गर्नुपर्छ । कडाइका साथ अगाडि बढ्नुहोस् ।’
दिउँसो अधिकृत तहसम्मका कर्मचारीको बैठक गरी कार्य विभाजन, अधिकार प्रत्यायोजन, इमान्दारीपूर्वक कर्तव्यपालन आदि जागरुकसाथ गर्ने निर्णय गराएँ । साँझ आव ०३६/३७ को बेरुजु फस्र्योटसम्बन्धी छलफल गर्न संस्थानको सञ्चालक समितिको बैठक बस्यो । छलफलमा देखिएको बेरुजु, अनियमितता र अस्वाभाविक खर्च, कार्यसञ्चालनको तौरतरिकाजस्ता आर्थिक पक्षबारे थाहा पाएँ ।
सञ्चालक समितिमा तीनतारे होटलबाट खाना आउँदोरहेछ । त्यसमा स्तरीय चाउमिन, कुखुराका सपेटा र छाती, विभिन्न ससेस, चीजसहित सेकेका पाउरोटी, केक, ५५५ चुरोट, कफी आदि । खानापछि मस्त गफगाफ ! बल्ल छलफल सुरु हुँदोरहेछ । एकछिन् छलफल गरेपछि अब रात पर्यो- ‘मेरो यस्तो छ, मेरो उस्तो छ, अब भोलि !’ भनेर बैठक स्थगित हुँदोरहेछ । पूरा समयवाला अध्यक्ष स्थीरबहादुर रायमाझी, गृह मन्त्रालयका प्रतिनिधि केदारनिधि तिवारी, सामान्य प्रशासनका प्रतिनिधि चन्द्रमाधवप्रसाद सिंह, कृषि बजार सेवाबाट डा. पुष्परामभक्त माथेमा, राष्ट्र बैंकका प्रतिनिधि लबप्रसाद शर्मा, भूमि सुधारबाट निर्देशक विश्वमान श्रेष्ठ सदस्यहरू र नायब महाप्रबन्धक रामप्रसाद जोशी बैठक सचिव भएको यो बैठक ठूलो खर्चिलो, काम फस्र्योट नगर्ने, गफास्टकहरूको चौतारी लाग्यो । हिँड्ने बेला चन्द्रमाधवलाई एक पाकेट ५५५ चुरोट पनि गोजीमा हालिदिनुपर्ने, अध्यक्ष्ा महाप्रबन्धकका पोई र सदस्यहरू नाठाको रूपमा रहेछन् । आउने बेला दंग्याउँदै आउने, जाने बेला हल्लिँदै जाने रहेछन् । कस्तो फोहोरमा डुब्न आइएछजस्तो लाग्यो ।
————
२९ गते बिहान शुभशमशेर राणाको थापाथलीस्थित घर गएँ । सञ्चो-बिसञ्चोका कुरापछि उहाँले ‘खाद्य संस्थानलाई नोक्सान नपर्ने र तपाईंलाई पनि दाग नलाग्ने र दुवैलाई फाइदा हुने गरी पैसा आएसम्म कमाउ’ भन्नुभयो ।
नम्रतापूर्वक भनेँ, ‘मैले त्यस्तो गरी आएको छैन, अब पनि गर्दिनँ, यो नजानेको काम सिक्न पनि सिक्दिनँ । यस्तो कामतिर बानी पर्यो भने कर्तव्यपालनबाट विचलित हुनुपर्छ, दबिनुपर्छ । स्यालले सिनु खोजेझैं पैसा खोज्ने बानी पर्छ ।’ उहाँ रिसाउनुभयो । ‘नमस्ते’ गरी र्फकेँ ।
———-
चैत २४ गते प्रधानमन्त्रीले बोलाउन पठाउनुभयो । गएँ, २ घन्टा बाहिर कुराएर भेट दिनुभयो । खार्न थाल्नुभयो । ‘भारतीय गहुँ कति दिनमा नेपाल ल्याउनुहुन्छ ? कति दिनमा कहाँ-कहाँ पुर्याएर वितरण गराउनुहुन्छ ?’
मैले ‘ढुवानीका लागि ३० दिने म्याद दिई टेन्डर माग्नुपर्छ । अरू निर्णय त चाँडो गरी गरौँला, कर्मचारी खटाउँला ! तर टेन्डरको म्याद त कानुनी व्यवस्था हो’ भनेँ ।
उहाँ सारै रिसाउनुभयो ।
‘मेरो आदेश भनी पि्रतम सिंह र उसकै अर्काे सिंह छ, निजलाई बोलाई नेगोसियसन गरी उनीहरूलाई ढुवानी गर्न दिनुस् । मैले कुरा गरिसकेको छु । एकै हप्तामा उनीहरूले तिनै ठाउँमा ल्याइदिन्छन्’ उहाँले भन्नुभयो ।
‘हजुरको आदेश भनेर कसरी लेखुँ ? ऐनमा व्यवस्था भएको कुरा ! भोलि हजुरकै बदनाम हुन्छ’ मैले भनेँ ।
‘देशको विषयमा सोच्ने जिम्मा मेरो हो । ऐन कानुन म जान्दछु । मेरो भाइ हरेन्द्रबहादुर थापाले तपाईंलाई मद्दत गर्छ । खुरुक्क ढुवानी व्यवस्था मिलाउनुस्’ उहाँको चेतावनीपूर्ण आदेश ।
मैले भनेँ, ‘बिनाटेन्डर म ढुवानी गराउन असमर्थ छु, प्रधानमन्त्री !’
उहाँ थप आक्रोशित बन्नुभयो । उहाँको अनुहार रगत चुहिएलाजस्तो भयो । फागुमा सिमि्रक घसेजस्तो भयो । ‘तपाईं सक्नुहुन्न भने भारतीय सेनाको ट्रक मुभ गराई पहाडी जिल्लामा समेत ढुवानी गराउँछु । पोखरा, पाल्पा, धनकुटा, इलाम, दाङ आदि ठाउँमा सोझै पुर्याउँछु’ भन्नुभयो । त्यहाँ रहनुभएका उद्योग मन्त्रीले ‘सक्नुहुन्न भने सक्दिन भन्नुस् । नत्र गर्नुस्’ भन्नुभयो ।
मैले भनेँ, ‘कानुन र लक्ष्यअनुसार काम गर्न सक्छु । कानुनविपरीत गर्न सक्दिनँ ।’ प्रधानमन्त्रीले घुरेर हेर्नुभयो । मैले उहाँतिर हेरेँ । अनुरोध गरेँ- ‘भारतीय सेनाका ट्रक मुभ गराउने स्थितिको संकट देशमा पनि छैन र भारतीय सेनाको ट्रक नेपाल भित्र्याउन पनि हुन्न । राष्ट्रको अस्तित्वको कुरा पनि हो । छिटै गर्नुछ भने अञ्चलाधीशहरूलाई आवश्यक समय दिई टेन्डर आह्वान गरी दर रेट तय गरी ढुवानी गराइदिनु भनी निर्देशन पठाउने । त्यहाँबाट टेन्डर मागी स्वीकृत गराई अञ्चलाधीशको रेखदेख ढुवानी व्यवस्था भएमा केही छिटो हुने देख्छु ।’
——–
०४० साउन २ गते अपराह्न आपूर्तिमन्त्री पशुपतिशमशेर राणालाई भेट्न गएँ । उहाँले जसले जे प्रस्ताव राख्यो त्यही आदेश गरेको देखेँ । उहाँले सेखी र हाउडे तालबाट मौखिक आदेश चलाउने नीति लिएको लाग्यो ।
७ गते उहाँको फोन आयो । ‘चर्चा र हालखबर पत्रिकालाई तेलको भाउबारे छाप्न दिएको छु । अहिले उनीहरूलाई बोलाई एउटा लेख लेखी छाप्नु दिनु । लेखमा डिमान्ड र सप्लाई थ्यौरीसँग मेल खाने गरी लेखिएको हुनुपर्छ । भट्टको तेलको भाउको व्याख्या गर्नु । लेख छापेबापत बिलबमोजिमको पैसा दिनु ।’
मैले- ‘सञ्चालक समितिसँग कुरा गर्नुपर्छ । गरेर हेर्छु । मन्त्री !’ भनेँ ।
एकछिनपछि पत्रकारद्वय कपुर ज्ञवाली र नेपाल भूषणहरू आउनुभयो । ‘छपाइका लागि पैसा पहिल्यै दिनु होस् ! मन्त्रीबाट आदेश आएको
होला ! भन्नुभयो ।
मैले ‘मन्त्रीबाट निकासासहित लिखित आदेश आएमा सञ्चालक समितिमा राखी निर्णय भएबमोजिम गर्नुपर्छ’ भनेँ ।
उहाँहरूले मन्त्रीको सेखी देखाउनुभयो । मैले आफ्नो कुरा भन्नुपर्यो ।
‘म अनावश्यक खर्च गर्दिनँ । राष्ट्रको सम्पत्ति दुरुपयोग गरिसकेर पैसा खुवाई तारिफ गराउने मेरो कर्तव्य होइन’ मैले बताएँ ।
उहाँहरू गएपछि लाग्यो- ‘हाय ! हाम्रो भाग्य ! देशका निर्माता ! माटो खाने कमिला त देश खाने कमिना !’ गीतको याद आयो ।
दिउँसो राष्ट्रियपञ्चायतको शून्य समय हेर्न गएँ । छलफलमा रापसहरू तमासाजस्तो विरोध र उत्ताउला भाषण गरिरहेका थिए । कुकुर र बिरालोको झगडाजस्तो थियो राष्ट्रिय पञ्चायतमा । साँझ आपूर्ति सचिव दामोदर गौतमकहाँ गएँ ।
सुख दुःखका कुरा गर्दै देशको सन्दर्भमा उहाँले भन्नुभयो- ‘यो देशमा प्रधानमन्त्रीले नै घूस खाए । त्यसैले सबै राजनीतिक कार्यकर्ता भ्रष्ट छन् । सूर्यबहादुर थापाले म कर डाइरेक्टर छँदा १ लाख घूस लिएर ५०-५० हजार बाँडौं’ भन्नुभएको थियो । मैले मानिन’ यस्तै-यस्तै कुराहरू हुन्थे उहाँसँग बारबार भए ।
९ गते बिहान प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेट्न बालुवाटार गएँ । यो मेरो शिष्टाचार भेट थियो । तैपनि उहाँले ‘के छ ? चाँडै सिध्याऊ’ भन्दै सुन्ने चेष्टा गर्नुभयो । खाद्य संस्थानको मोटामोटी जानकारी पेस गरेँ ।
‘खाद्यान्न र खाद्य संस्थानको परिचालनबाट स्थायी राजनीति हुँदैन । यो त सरकारी जिम्मेवारी मात्र हो । राजनीति स्थायी हुनुपर्छ’ भन्ने सल्लाह दिएँ ।
दिउँसो मन्त्री राणाले बोलाएकाले उहाँको मन्त्रालयमा गएँ । उहाँले पोखरा धम्पुस र मिजुरेडाँडा गाउँपञ्चायतलाई पाँच-पाँच टन गहुँ, सुर्खेतका रापस चन्द्रबहादुर बुढालाई ५० टन चामल, गहुँ दिने मौखिक आदेश दिनुभयो’ लिखित आदेश नदिई मौखिक आदेशमा काम गराउने मन्त्रीको स्वभाव खतरा लाग्यो । ‘यसरी खाद्यन्न बाँडिदिँदा पछि हजुरलाई समस्या पर्न सक्छ’ भन्ने सुझाव दिएँ ।
उहाँले ‘पठाएकै हुनुपर्छ’ भन्नुभयो । साथै ‘पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएका गल्ती कामहरू के-के छन् ? दिनुस्’ भन्नुभयो ।
‘गल्ती औंल्याई चुक्लीरूपी कमी-कमजोरी पेस गर्ने काम अहिले म गर्दिनँ । त्यस्तो गर्दा पनि पूर्वप्रधानमन्त्रीलाई सुझाव दिने गर्थेँ । यदि हजुरले गल्तीहरू नगर्ने हो भने मात्र, पूर्वसरकारका गल्ती खोज्नु, जाँचबुझ गर्नु, गराउनु उपयुक्त हुन्छ । नत्र हुन्न !’ मैले भनेँ ।
भोलिपल्ट दिउँसो सचिव दामोदर गौतम र म मन्त्रीकहाँ गयौँ । त्यहाँ सुर्खेतका रापस चन्द्रबहादुर बुढा र काभ्रेका सत्यमान लामा हुनुहुन्थ्यो । मलाई देख्नेबित्तिकै मन्त्रीले कड्केर आदेश गर्नुभयो, ‘ए सेनओली सुर्खेतमा अरू ३० टन चामल गहुँ मिलाइदिनु !’ मैले लिखित आदेश माग्दै उहाँको व्यवहारको जवाफ दिँदै थिएँ । सचिवले रोक्नुभयो । यो देखेपछि उहाँको हौसला बढ्यो ।
फेरि आदेश गर्नुभयो- ‘मन्त्रीको प्रतिष्ठा बढाउन लेखिरहने पत्रकार नेपालभूषण पाण्डे, कपुर ज्ञवाली, शंकरहरूलाई र मेरो पक्षमा लेख्ने काम गरिरहने ध्रुवकुमार देउजालाई मासिक १० हजारसम्म दिनु’ भन्नुभयो ।
मैले ‘लिखित आदेशबिना दिन सक्दिनँ’ भनेँ । अन्तमा ‘सञ्चालक समितिमा राखी निर्णय भएबमोजिम गर्नेछु’ भनी र्फकेँ ।
साँझ बसेको सञ्चालक समितिको बैठकका सहभागीहरूले होटलबाट झिकाएको कुखुराका छाती, फिला चपाउँदै मन्त्रीको मौखिक आदेशानुसार पत्रकारहरूलाई समेत पैसा दिने गरी मलाई अधिकार प्रत्यायोजन गरे । मैले नमागेको अधिकार र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न सबै मिलेको देख्दा आश्चर्य र दुःख लाग्यो । सकेसम्म राष्ट्रिय सम्पत्ति दुरुपयोग नगर्न अडान लिने र यस्ता दुरुपयोगीलाई समेत सिकाउने मौका हेरी बसेँ । भोलिपल्ट ११ गते दसै बजे पत्रकारहरू जमेर आए । मन्त्रीको आदेशानुसार विज्ञापनबापत २-२ हजार मागे । अलिकति भए पनि बचाऊँ
भन्ने उद्देश्यले सञ्चालक समितिको निर्णयको आधारमा १५ सयका
दरले दिएँ ।
———
साउन १५ गते मन्त्री पशुपतिशमशेर राणाको -श्री ५ को सरकारको होइन) तारिफ गरी समाचार समीक्ष्ाा छापिएको पत्रिकाहरूको बिलसहितको मुठो भुक्तानी दिन संस्थानमा आइपुग्यो । मलाई राष्ट्रिय सम्पत्तिको दुरुपयोग भएकाले दुःख लाग्यो । १६ गते दसै बजेदेखि पत्रकारहरू आउन थाले । विदेशी पैसाबाट पालित पोषित, देशप्रति निर्ममतापूर्वक व्यवहार गर्ने, खराब चरित्रका पदाधिकारी अधिकारवालाबाट फाइदा, गाली-गलौज अथवा तारिफबाट पैसा कमाउन पत्रकारिताको धर्मसम्म पालन नगर्ने पत्रकारहरूको घुइँचो लाग्यो । दिक्क मान्दै मन्त्रीको आदेश र सञ्चालक समितिको बैठकबाट मन्त्रीको निर्देशानुसार ममा प्रत्यायोजित अधिकारलाई केही अंश -उदाहरणका लागि
माग्दै) एक विज्ञापनलाई ५० रुपैयाँदेखि माथि सकेसम्म किफायत गर्दै सम्झाइबुझाई गर्दै दिँदै पठाउँदै गरेँ ।
०४० साउन १७ गते वागमती अञ्चल अदालतका न्यायाधीश नरेन्द्र न्यौपानेले वीरगन्जका राधाकृष्ण कलवारबाट खाद्य संस्थानले लिनुपर्ने २५ लाखको मुद्दा संस्थानलाई हराई निजलाई जिताउने फैसला गरे । भोलिपल्ट साँझ पीपलबोटे हल्लामा ‘राधाकृष्णबाट न्यायाधीशले एक लाख रुपैयाँ लिई निजलाई जिताइदिए’ भन्ने सुन्नमा आयो । आफूले एक लाख लेन-देनका कुरा न दिइयो, न जानियो । २५ लाख राष्ट्रिय सम्पत्ति गुमेको मात्र थाहा पाइयो ।
साउन २३ गते बिहानै अफिस गई ‘जापानी सरकारबाट १८ हजार मेटि्रकटन चामल ऋण लिने भनी’ सरकारबाट निर्णय भएको पुरानो फाइल हेरेँ । देशका किसानको उत्पादनलाई प्रोत्साहन दिई उनीहरूबाट खरिद नगरेर विदेशी ऋण लिन हुँदैन भनी सो निर्णय बदर निम्ति मन्त्रालय पेस गरेँ । सचिवले स्वीकार गरी अगाडि बढाउने विचार प्रकट गर्नुभयो ।
०४० साउन २६ गते, मन्त्रीको तारिफ गर्ने समाचार समीक्ष्ाा छापी विज्ञापन असुल गर्ने स्तरहीन पत्रकारहरू मकहाँ नै आउँथे ।
उनीहरूबाट सुनेँ- ‘मन्त्री पशुपतिशमशेर राणाले चाकडी गरेन, पुरानो सरकारको चुक्ली लगाएन’ भन्ने धारणा राखेका छन् । तपाईं सेन वंशीय ठकुरी भएको, आफ्नो चरित्र र अडानमा अड्ने भएकाले, आफूलाई बाघ ठान्नेले अर्काे बाघलाई देखिसहन्न भनेझैँ तपाईंलाई मन्त्रीले ईष्र्यालु आँखाले हेर्दै हुनुहुन्छ । सरुवा गर्न चाहनुहुन्छ ।’
‘म पनि टुकुचाको पानीमा डुबिरहन चाहन्न । बरु गण्डकीमा पौडी खेली पार हुन चाहन्छु’ मैले भनेँ । आजै अद्वैतमार्गमा मुक्तिलाल चुकेको घरमा अफिस सार्ने काम सुरु भयो । कर्मचारीहरू धरापबाट मुक्त हुन लागेकोमा खुसी भए ।
————
भदौ २६ गते मन्त्री पशुपतिशमशेर राणाले बोलाउनुभयो, भेटेँ । कुराकानीका क्रममा उहाँले भन्नुभयो- ‘मैले आदेश गरेबमोजिम नयाँ सन्देश पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेलाई किन भुक्तानी पठाउनु भएन ?’
मैले भनेँ- ‘मन्त्रालयको लिखित आदेशबमोजिम सञ्चालक समितिमा राखी, भुक्तानी दिनु भनी लेखा विभागलाई आदेश दिइसकेको छु । तर निज पाण्डे सो पैसा लिन नआएकाले दिन बाँकी छ ।’
उहाँले रिसाउँदै भन्नुभयो- ‘रमेशनाथ पाण्डे तपाईंकहाँ पैसा लिन आउने स्तरको होइन ! तपाईंले उसका घरमा चेक पुर्याउनुपर्छ । तपाईं कुरो बुझ्नुहुन्न । मैले भनेको काम गर्नुहुन्न । के गर्न चाहनुभएको ?’
मलाई पनि आफ्नो विचार स्पष्ट राख्ने मौका पाएको झैं लाग्यो र भनेँ- ‘लिखित आदेश र सञ्चालक समितिको स्वीकृतिबेगर कसैलाई एक पैसा पनि खर्च गर्दिनँ । पत्रकार रमेशनाथ पाण्डेकहाँ चेक पुर्याउन जाने मेरो पनि स्तर होइन ! योभन्दा म घटी र बढी गर्दिनँ ।’
मन्त्री धेरै रिसाउनुभयो । उहाँको ओठ-नाकका पोरा आँखा सबै उठबस गरेँ । गोरो अनुहार रातो भयो । कुर्सी नै हल्लिन थाल्यो । मुखबाट के-के बोल्न थाल्नुभयो । मैले त्यो बुझ्न पनि उचित ठानिनँ । ‘बसे बेर हुन्छ कुरा गरे धेर हुन्छ’ भन्ने सम्झेर त्यहाँबाट निस्केँ । संस्थान र्फकेँ । तर पनि चार बजेतिर ‘पत्रकारहरूलाई रकम आजै दिनु’ भन्ने खबर मन्त्रीको पिएद्वारा पुनः आयो । साँझ सञ्चालक समितिको बैठक थियो । सो कुरा समितिमा राखेँ । सचालक समितिले आजसम्म गरेको खर्च स्वीकृत गर्यो । मन्त्रीका पिएको आजको आदेश अस्वीकृत गर्यो ।
————
०४१ जेठ १७ गते सचिवले म र नायब महाप्रबन्धक रामप्रसाद जोशीलाई मन्त्री राणाकहाँ लिएर जानुभयो ।
मन्त्रीले मलाई सोध्नुभयो- ‘त्यो सिन्धुपाल्चोकको मैले भनेको मान्छेलाई ५ टन खाद्यान्न दिनु भनेको किन नदिएको ?
कसले नदिएको ? कुन ‘नन्सेन्स’ ले मेरो आदेश काटेको ?’
भनेँ, ‘स्टक नभएकाले नदिएको ! मैले नदिएको !’
उहाँ अरू गाली गर्न थाल्नुभयो । मैले ‘त्यस्तो गालीले शोभा दिँदैन’ भनेँ ।
त्यसपछि बाहिर निस्केर प्रतीक्ष्ाा कक्षमा कुरा गर्दै बसिरहेको थिएँ । आपूर्ति सचिव राई निस्कनुभयो ।
मैले उहाँलाई भनेँ- ‘राष्ट्रिय सम्पत्तिमा मनपरी गर्ने हो भने त्यस्तो गर्ने जीएम किन नराखेको ? त्यस्तै भक्ष्ाक जीएम राख्ने व्यवस्था होस् ।’
(-िसेनको नवप्रकाशित ‘मेरा कथाहरूको कथा’ का अंश ।)
2006-01-08
(स्रोत : Majheri.blogspot.com )