कथा : ह्यांग आउट

~पि. आर. गिरी~

वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा वाट बाहिर हेरिरह्यो, मन भरी कुरा खेलाउदै |
साविक झै शीशाको ढोका वाहिर जीनु ठिंग उभिन आई पुगी | सरासर उ वेसमेन मा पुग्यो, ज्याकेटको खल्ती वाट Marlboro Light को बट्टा निकाल्यो अनि वाहिर पुग्यो |
”जीनु ! झरी ले रुझाएको छैन ?” ल लिनुस |
”तपाई पनि तान्नु न |”
”म पछि ब्रेकमा, अहिले मेरो कस्टमर छ भित्र,” तपाई लिनु म गफ गरेर उभिन्छु नि |
जीनुले पढ़ी सकी उसको अनुहार अनि चुरोट को सिर्को मार्दै कुरा निकाली,” यस्तो झरी मा के गर्नु पर्छ थाहा छ ?”
”के गर्नु पर्छ, जे गरे पनि हुन्छ” नमिठो भावमा जवाफ दियो उसले |.
”जे भय पनि, जे गरे पनि यो झरीलो दिनको उपयोग गर्ने बाटो खोज्नु पर्छ है” आफ्नो तर्क राखी जीनुले |
”कसरी उपयोग गर्नु अव, काममा आईएकै छ, दिनको ज्याला कमाईएकै छ अरु के गर्नु” कुरा टुंगयाउन खोज्यो उसले |
”होइन होइन, यी काम धाम त सधै भरी भै रहने कुरा हुन, यो झरीमा घर बस्ने आफ्नो companion संग मजाले तात्तातो पास्ता बनाउने, एक एक पेगसंगै आनंद पो गर्नु पर्छ भनेको मैले त,” कुरा बढाई जीनुले |
”ए ! ल ल त्यस्तो पो? अनि Boyfriend भएको मान्छे किन आएको तनि काममा ? घरमै मोज गर्नु भएको भए हुन्थ्यो नि त, आफ्नो त के छ र, घरमा गयो एक्लै, काममा आयो उही तपाई हरु जस्तै, अनि फेरी बिहेवारी भएको मान्छे,” अनुहार निहाल्दै जवाफ दियो उसले |
”तपाई लाइ मैले घर परिवार भुल्नु भनेको होइन, छोड़नु भनेको होइन, उताको श्रीमती त उतै छ नि, यता बसिन्जेलको लागि एक जना चाहियो भनेर पो भन्न खोजेको, आखिर कति वर्ष एक्लै वस्ने, कहिले काही एसो ह्यांग आउट गर्ने साथी पनि चाहिन्छ क्या” मैले नै Boyfriend बनाउनु पर्छ की जस्तो छ….हा हा हा, मजाक गरेकी….” आँखा जुधाउदै प्रष्ठाई जीनुले |
”छि !हेर हेर कति पाप बोल्न सकेको होला, जे सुकै गर्नु, तर मलाइ यस्ता कुरा संग कुनै चासो छैन” | अर्को तीर टाउको फर्कायो उसले |
”केटी मान्छे संग यस्ता कुरामा कहिलेही बाजी नराख्नु , एक दिन दूध को साछि बिरालो बन्नु पर्ला, अनि लोग्ने मान्छेले चाह्यो वर्ष दिन, आइमाईले चाह्यो एकछिन भन्छन…..,” | चुरोटको ठुटो भुईमा फाली जुत्ता ले किच्दै भनी उसले |
————– —————————-
हप्ता वित्न के नै समय लाग्दो रहेछ र, गएको हप्ताको भन्दा यस हप्ता को Friday को मौसम राम्रै परेकोले होला उसको काममा सोचे भन्दा बढ़ी नै व्यस्त भयो उ, अनि ताला चावि मारेर हत्तारियो, ट्रेन स्टेशन तीर | स्टेशनमा जीनु कुरिरहेकी रहिछ, एकजना साथीसंग |
Hi विवेक ! She is my Best Friend , सपना |
सपना ! He is Bibek ,
Hi , Nice to meet you ,
Nice to meet you .
ट्रेनको गतिसंगै हूँइकिए उनिहरु रात बिताउने गंतव्य स्थानतीर | आधाआधी बाटोमा पुगे पछि सपनाले प्रोग्राम बनाई, नयाँ दिन, अनि नयाँ साथी… किन हामी आज ह्यांग आउट गर्न कुनै Bar तीर नलाग्ने? Lets go Somewhere else . जीनु ले स्वीकार को मुन्टो हल्लाई, अनि बिबेक पनि आफ्नो भोली weekend काममा off सोचेरै OK भन्यो |
Friday भएको ले होला Bar खचाखच भरिएको थियो, युवा युवती हरुले, धेरै जसो Southeast American हरु | जीनु ले ड्रिंक्स अर्डर गरी: Three black labels on the Rocks , Please .
अनि एक आपस मा गिलास ठोकिए सुस्तरी, मलिन आवाज़ आयो शीशाको , पहिलो सुर्कीको व्हिस्कीको नमिठो स्वादले जिब्रो बिगार्यो | दुई पेग मै विवेक रोकिन चाह्यो, तर सपनाले आरू पनि थप्ने कुरामा जिद्धि गर्न लागी; ” विवेक जी !! मर्नु नै छ भने किन ३ फीट गहिराई भएको पानिको कुवामा डुबेर मर्नु;;)) सबै ले देख्ने गरेर खुलेआम समुन्द्रमा हाम फालेर मर्नु नि र पो मरेको पनि इज्ज़त हुन्छ, पिउनु नै छ भने किन टिप्सी टिप्सी भएर पिउनु मजाले होस नै गुमाउने गरी पिउनु नि lets add some more drinks .
Shots थपीए, तानीए , थपीए, तानीए; अनि मदले मस्त हुने बेला सम्म तानीए | जीनु को हातको ठक्करले विवेकको ग्लास पोखियो, हत्तपत्त सपनाले उठाइ |
“अनि यो गिलास लाइ पोखिनु नै थियो भने पुरै रित्तिने गरेर नै पोखिन दिनु नि किन Half मै उठाएको नि त” विवेक ले Peanuts का टुक्रा टोक्दै भन्यो |
”एक दिन पक्कै आउछ त्यो पुरै रित्तिने गरेर पोखिने दिन पनि, विवेक जी !” सपना लाइ बलीयो बनाउदै रेस्टरूम तीर लागि जीनु |
Life is short ,” Lets enjoy it . विवेक संगै टासिदै भनी सपनाले |
oh , yea ! do you know , what is this life ? Life is order ;disorder ; communication ; relationship ; responsibility ; if you don’t understand and say,’I don’t want to have anything to do with this,’ then you are not living: you are dying. जिब्रो लर्बराउदै लर्बराउदै बोल्यो, विवेक ले |
What do you mean? नबुझेको भाषामा सोधि सपनाले |
बुझाउन खोज्यो विवेक ले,” मैले भन्न खोजेको म पारिवारिक मान्छे हूँ, जिम्मेवारिक मान्छे हूँ, I am married; I have kids; I have so many responsibilities; and the key point is I respect and love my wife.
विवेक को नाक मा चोर औलो राख्दै बोली सपनाले,” you know what?? I m married too, He is away. But my husband is not as stupid as you.
म यहाँ काम गर्छु मरी मरी उ उहाँ मोज गर्छ मेरो कमाई माथि, Dimand गर्छ , कहिले यो गर्नु छ, कहिले उ गर्नु छ | So, don’t try to give me your definition about life, relationship and responsibility.
सपनाको कुराले विवेकलाइ आफ्नो नशा उत्रे झै लाग्यो |
अली बढ़ी नै भएछ क्यारे त्यो रात; उनिहरुका गुड नाइट शव्दहरु गुटुमुटु नाइटमा परिणत भए |
—– ——- ———– ——— ———- ——– —— ———
हप्ता हरु एक चुद्की को भर मा बित्दै गए | संधै जस्तै Friday को काम सकिएपछि विवेकको काममा छिर्दै कुरा चलाई जीनुले ,” भोलीको अफ को प्लान के छ नि विवेक जी ! हामी Zoo हेर्न जाऊ Bronx तीर ?”
”ल ! हुन्छ, मेरो पनि केही काम छैन घरमा, हप्ता भरिको बोर पनि हट्छ, बरु तपाईको Boyfriend लाइ पनि संगै लिएर आउनु नि | ३ जना भयो भने घुम्न मजा आउछ”| ख़ुशीको भावमा बोल्यो विवेक |
” अनि तपाई पनि एक पटक सपना लाइ पनि सोधि हेर्नु नि, उ पनि जान्छे की ?” जिज्ञाशा राखी जीनुले |
”हँ ! मैले सपनालाई…., त्यही एक दिन मात्र भेटेको भरमा Zoo घुम्न जाऊ भन्दिने;;))” हांस्यो विवेक |
”ए हो, फेरी फेरी पनि भेट्नु पर्छ नि, किन नभेटेको त ?” ठाडो प्रश्न राखी जीनुले |
———- ———— ———— ———— ——————
विवेक ट्रेन स्टेशन मा पुग्दा जीनु र सपना अगाड़ी नै आइसकेका रहेछन | मेरो Boyfriend त नजाने रे त्यसैले गर्ल फ्रेंनलाइ लिएर आए मैले त, एनी कमेन्ट ??? आँखाको सन्को लगाउदै भनी जीनु ले |
ट्रेनको डिब्बा खली नै रहेछ, गफ गर्न सजिलो हुने भएकोले बिबेक विचमा अनि जीनु र सपना छेउ छेउ मा बसे| कुरा गरिरहेको प्रसंगलाइ मोढ्दै सपनाले बिबेकको हात समाई;
” छ्या तपाईको नंग कस्तो नमिलेको; खै म मिलाइदिन्छु ” |
आफु नेल्समा काम गर्ने भएकोले होला त्यस्तो लागेको; मेरो नंग राम्रै छ, अनि नि आफ्नो शिप छ भन्दैमा जहाँ पायो उहीं देखाउन खोज्नु चैईईईईई….| हात छुटायो उसले |
ए हो ? ल मेरो शिप एक दिन देख्नु होला | घमंड गरि सपना ले |
दिन भरको Zoo घुमाईमा कुनै समय जीनु अनि कुनै समय सपना टासीन आऊथे विवेक संग |
थकाई लाग्यो सपना ? विवेकले सोध्यो ?
”मन मिल्ने साथी पायो भने त मलाइ सात डांडा पार गर्दा पनि थकाई लाग्दैन ” | मुस्कुराउदै जवाफ दिई सपनाले |
”यती धेरै नाचिप्लनु फेरी मजाले गर्ल्याम्म उत्तानो पर्ने गरि लडला” | विवेकले ठोकान गर्यो |
मुस्कुराई सपना, उनिहरु कै अगाड़ी रहेका वांदर हरुलाइ औलाले तोक्दै गर्विलो जवाफ दीइ उसले ,” झरि जति नै परेर रुख को हांगा चिप्लो बनाए पनि वांदर एक हांगावाट अर्को हांगामा जम्प गर्दा कहिलेही चिप्लेर भुईमा खस्दैन |” बुझ्नु भो विवेक जी?
विवेक सोच मग्न बन्यो |
————- ———————- ——————- ————————
विवेकलाइ बोर लागिरहेको थियो; यी वीकेंड हरु पनि कति छिटो आउनु पर्ने होला सोच्दै बेडमा ओल्टो कोल्टो गरिरहेको थियो, सिरानी नेर राखेको सेल फोन क्लीक क्लीक बज्यो |
फोन उठायो उसले, Hello !
Hello ! ए तपाई घरमै हो ?
अँ ! अनि कता जानु तनी !
ए ! अरु केही काम छैन ?
अँ हँ, छैन |
मेरो कम्पूटर बिग्र्यो, तपाई लाइ बनाउन आउछ ?
म लिएर आऊ ? अरु कोही छैन घरमा ?
अँ हँ छैन, अन्कनाउदै जवाफ दियो उसले |
ल है त, म एक घण्टा जति मा आइपुग्छु |
ल हुन्छ नि त म हेरौला |
फोन को संवाद सकिए पछि उ उठ्यो, के गरु के गरु भयो उसलाई, सरसर्ती घर सर सफाई गर्यो | अनि Laptop अन गरेर म्यूजिक सुन्दै बस्यो उ |
करिव एक घण्टा जति मै उसको ढोकाको घन्टी बज्यो |
———- —————— —————— —————- ——————
विवेकले सपनाको Laptop अन गर्यो, अनि जानी नजानी कण्ट्रोल प्यानलमा गएर घरी कुन घरी कुनमा क्लिक गर्दै गयो |
सपनाले विवेकको कम्पूटरवाट इंग्लिश गीत बजाउदै गीत संगै स्वोरमा स्वोर मिलाई रहेकी थिई | पहिलो दिन भएकोले होला उस्का आँखा चारै तीर डुल्न थाले कोठाका सबै भागमा | अनि उ मुसुक्क मुस्कुराई खुसी लाग्यो उसलाई, विवेकको रयाकमा सजाई राखिएका विभिन्न पिय पदार्थका वोतलहरु देखेर |
तपाई त दिनहूँ पिउने मान्छे पो हुनुहुन्छ की क्या हो? जिज्ञाषा राखी उसले |
होइन त्यस्तो; यो मेरो शोख पनि हो अनि कहिले काही एसो साथी भाई आउदा एक पेग लगाउछु | विवेक ले जवाफ दियो |
हो नि ! जे गर्न पनि साथी नै त चाहिन्छ, होइन र ? भन्दै रयाक तीर लम्कीइ उ |
गिलाश मा एक एक पेग राख्दै सोधी, ” भन्नुस , नीट/ on the rocks or mixed with soda ?.
टाउको फर्कौदै भन्यो उसले,” जसरी भए पनि हुन्छ |
ग्लासहरु cheers भए |
३/३ पेग शुरू हुदै कसको खुटटो बाटो मा झैं सपनाको Laptop screen मा Backing up भनेर आयो, Laptop off भयो अनि आफै on भयो सबै Desktop program संगै | तपाईको Laptop बन्यो, desktop Background मा सजिएको सपनाको फोटो हेर्दै Wow ! What a beautiful lady , सपनाको ध्यान तान्यो विवेकले |
ए ! मेरो कंप्यूटर बन्यो ? अव म मेरो बुढा संग चाट गर्न मिल्छ ? उत्त्येजित भावमा बोली सपना !
किन नमिल्नु, जाने हो अहिले online मा ? कुरो तेर्श्यायो उसले |
नहीं मात्र मजाक पो गरेकी.. Thank u . खुसिको सिमै रहेन सपनामा |
पलंगमा आडेस लागेर भुईमा बिछ्याइएको गलैचामा बसेको विवेक र त्यही पलंगमा ब्लैंकेट ओढेर बसेकी सपना; unexpected रूपमा सपनाको टाउको झुक्यो विवेकको टाउकोतीर | उसको कपाल लत्रेर विवेक को अनुहार पुरै ढाक्यो……विवेकका सालौ देखि निदाएका शरिरका कोष कोष पुनः बिउझन थाले, केही समय मै उ पनि पलंग तीर तानियो…अनि पर्दा पछाड़ी कसैले नदेख्ने गरेर……………………….चर्केको गरम पन केही छेंण मै मल्यानो भयो, अनि छुटियो आकाशको चमक पन र धरतीको सहनशीलता |
व्यंग्य गरि सपनाले, ” के को बिरालो ले दूध पिउदा झै आँखा चिम्म गरेको नि….?
”ए हो | मैले त बिरालोले दूध पिएको देखेकै छैन,” जवाफ दियो उसले |
”बिरालोले दूध पिउदा आफु आँखा चिम्लंछ र सोच्छ रे मैले दूध पिएको कसैले पनि देखेको छैन, ” सम्हालिदै भनी सपनाले ,” तर बिरालोले आँखा चिम्ल्यो भन्दैमा अरुले देखेको हुदैन, उसले दूध पिएको ?”
”अरुले देखे पनि के नै मतलव, आखिर उसले आफ्नो मन पेट भर्ने गरि दूध पिईसकेपछि, उसको भोक मेटियो क्यारे” |
उज्यालो अनुहार बनायो विवेक ले |
”खै म मेरो कोठामा जान्छु, रात अबेर भै सक्यो, मेरो त्यों सेल फोन पास गर्नु त पिलिज,” झोला भिर्दै भनी सपनाले |
म पुर्याई दिन जाऊ ? चार्जरवाट फोन निकालेर दिदै भन्यो उसले |
पर्दैन, त्यही २ ब्लक मात्र त हो नि , सेल फोन हेर्दै रोकीइ सपना, ला मेरो बुढाको ३/३ मिस कल रहेछ, अव मजाले रिसाउने भयो मेरो बुढा, ” सेल फोन हेर्दै भनी उसले |
विवेक टवाल्ल परेर हेरिरह्यो |
सपना गए पछि उसले आफ्नो सेल फोन हेर्यो, उसको पनि २ ओटा मिस कल थिए, +197798 ………वाट |
पलंग मै बसेर घोरीइरह्यो उ | १०/१५ मिनेट जति | मन भित्र कुरा खेले,” होइन ! एत्रो विधि फ़ोनका घन्टी बझ्दा पनि ………….???”
उसको एकाग्रता तोड्यो, सेल फोनमा आएको टेक्स्ट मेसेजको घन्टीले |
टेक्स्ट हेर्यो उसले, जीनु ले पठाएको टेक्स्ट रहेछ, जहाँ लेखिएको थियो, ” आजको ह्यांग आउट कस्तो रह्यो त विवेक जी?”
पूर्ण विराम !

May 19th, 2012

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.