~बासु श्रेष्ठ~
यो हिँसा यो हत्या कसले बढायो
नर भै कन नि दानव बनायो
प्रेम र ममता सुली चढायो
त्रासै त्रासको दुनियाँ बनायो
शक्तिको क्षुधा लिएर मनमा
आतङ्क छर्छन् प्रत्येक जनमा
लोभ र लालच राखेर धनमा
कहिले शहरमा त कहिले छ वनमा
हरेर शान्ति दिगो भूमीको
फैलाई रोग हुने ननिको
अपुरो र आधा लिएर धोको
भए पराई आफन्तको पोको
छ भने अन्त्य गराउ तुरुन्त
शिशिर त्यागी ल्याउ बसन्त
त्यागेर हत्या बनिदेउ सन्त
छाडेर देश नजाउन् कोहि अन्त
(स्रोत : Khasskhass)