यता के छ ? केहि छैन . खास थियो अनन्तमा,
श्वास थियो जीवन थियो, बास थियो अनन्तमा .
तिर्खा थियो, भोक थियो, बिना कष्ट जलन थियो,
शितलताको आभाष दिने बतास थियो अनन्तमा .
उभिनलाई आफ्नै जमिन भास्सिएझै महसुस यो,
कल्पनामै उचालिने आकाश थियो अनन्तमा .
बेदनाको खल्लोपना, निश्पट्ट यो कहलिमा,
कलेटिमा तप्किदिने प्यास थियो अनन्तमा .
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )