~भबानी अधिकारी नेपाल~
आनन्द
अरे !आनन्द खै मनमा खोजीमा हिडेको धेरै भयो
यो त्यो उ गर्दै यताउता रोजीमा हिडेको धेरै भयो
धनसम्पत्ति हुदाहुदै नपाउने नमिल्ने कुरा यो कस्तो
सन्तोष किन्न राखी पैसा गोजीमा हिडेको धेरै भयो
सबाल
कसरी बस्छ मनमा माया ठोस कि तरल पदार्थ बनेर
कस्तो यो देखावटी रूपमा अथवा आउँला यथार्थ बनेर
सबाल सबैमा जान्ने उत्सुकता धेरैलाई होला यसबारे
राम्रो नराम्रो के होला मायाप्रेम रौद्र बन्ला सौहाद्र बनेर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्” बाट पठाईएको । )