~शिलु यन घिमिरे~
चिनो ! कस्तो गह्रो , साह्रो ,कठिन,असहज कुरा ! पीडादायी अनुभुति कसैको सम्झनाको ! बिर्सन नदिने कत्रो छेकबार । आफू आफ्नो अस्तित्त्व संगै बाँच्न नपाउने कत्रो बाध्यता ? मनले जहिलेपनि चाह्यो , कसैको केहि चिनो नलिऊँ भनेर । चिनो ! पीडाको अर्को नाम ! चिनो –कष्टदायी अनुभुतिको अर्को पूर्ण अर्थ । मलाई कसैको चिनो चाहिएको छैन र म संग जताततै चिनो छ , चिनोहरु छन् । उसकै चिनोले नै म थिचिएको छु , किचिएको छु….आफ्नो पृथक अस्तित्व बचाउन नसकि उसकै चिनोभित्र बिलाएको छु ।
मनले कहिलेपनि चाहेको थिएन–उसंग केहि चिनो मांगौ भनेर,कल्पनाले कहिलेपनि सपनाको महल खडा गरेको थिएन–उसंग एक सांझ वा एक बिहान त स्ूार्योदय वा सूर्यास्तसंगै बिताउँ भनेर । हाथहरुले कहिले पनि अह«ाएका थिएनन्–उसको अगाडि फैलाउं र केहि मांगौ भनेर ।
तर नमागिकननै उसले चिनो दियो , एकपछि अर्को र फेरी अर्को गर्दे… म थाकेँ लिदां–लिदां । गलें , सम्हाल्नै नसक्ने भएँ,त्यो बोझ थाम्नै नसकेर लोलाँए,सेलाँए,वैलाँए तर चिनोको क्रम रोकिएन । मनले कल्पना नगर्दे,सपनामा महल खडा नगर्दे विपनाहरु एकपछि अर्को गर्दे उसंग बित्न थाले–सुन्दर सूर्योदयहरु,मात्र सूर्योदयहरु,जीवनको परिपूर्ण–सूर्यास्तरहित नवजिवनहरु । अनि मनले नचाहेपनि एकपछि अर्को तीता–मीठा कफीहरु,शान्त मीठा संगीतका सुसेलीहरु,गीतका अवर्णनिय मिठासहरु,स्वर्णिम पलहरु,आनन्दमयी क्षणहरु,भाकाहरु,लयहरु अनि समष्टिगत सुनौला माँयालु क्षणहरु एकपछि अर्को गर्दे जन्मिदै गए,बित्दै गए र अमर हुँदैगए ।
सपना भएको भए त्यो तोडीदिन ब्यूँझिदिए पुग्थ्यो । कल्पनाका पलहरु ती भएका भए–एकपटक झस्किएर,फेरी टुटाईदिन,फुटाईदिन सकिन्थ्यो तर तिनीहरु,ती चिनोले पूर्ण पलहरु त पक्का यथार्थ थिए…जिवित विपनाहरु सजिव वर्तमानहरु थिए तिनीहरु त । जीवनले भरिपूर्ण,सल्बलाउने,चल्मलाउने,जुर्मुराउने,गुन्गुनाउने,मुस्काउने अनि आनन्दी हुने पलहरु !
उफ् ! कस्ता गाह«ा विपनाहरु ! कस्ता पीडादायी वास्तविकताहरु ! कति कठीन विपनाहरु ! म भाग्नै सक्तिन यिनीहरुदेखि टाढा , जति प्रयाश गरेपनि…उसका सम्झनाहरुबाट,उसका यादहरुबाट र उसका चिनोहरुबाट ! आफैं ऐनासामु उभिँए – उसले नहेरेका,नजरले नचुमेका,चुमेर नसाँचेका अनि साँचेर मुटुभित्र बन्द नगरेका कुनै भागहरु छैनन् । जति झट्कारेर फ्यांक्न खोजेपनि उसका हाथका स्पर्शहरु यी हाथहरुमा अझै न्याना,अझै प्यारा र अझै जिवन्त छन् । जतिपटक पखालेपनि यी औंलाहरुमा उसको ओठको चिसो मिठोपना अझै यथावत् छ ।
मैले श्वास फेर्ने वातावरणहरुमा जताततै उसकै सुगन्ध समेटिएको छ र म वाह््य अक्सिजन बिना तड्पिएको छु । मैले हिँड्ने बाटाहरुमा जताततै उसकै पाईलाका प्रतिछापहरु छन्…हाथ जति रगडेपनि अलिकति पनि ती छापहरु मेटिदैनन् ।
मेरा खुशीहरुमा ऊ खुशी भई हाँसेको प्रतिध्वनि अझै गुञ्जायमान छ – वातावरणभरी । बिना प्रयाश नै टड्कारो सुन्न सकिन्छ ती हाँसोका ठहाकाहरु ! मेरा दुःखहरुमा उसको आँशु बहेका चिसोपनाले वातावरण नै ओसिएको सहजै महसुस गर्न सकिन्छ । म उल्झिदां उसले सुल्काएको,म रुँदा उसले फकाएको,म लडिएर माँतिदा ऊ दगं परेको , म रिसाउँदा उसले मनाएको–कुनै पनि कुरा ऊ देखि बाहेक मैले गरेको पाउन नसकेर म निस्सासिंदै छु ।
उसको आँखाको रंग समेटिएको आकाश र उसले टेकेको धर्ति , उसले औंलाले देखाएको वातावरण र उसले छानीछानी हत्केलामा फैल्याएर ल्याईदिएको खुशीहरु मेरा निम्ति कति धेरै चिनो !
आँखा चिम्लिदां प्रष्ट देखिने उसको छवि र आँखा खाल्दा प्रत्यक्ष मुस्कुराइरहेको ऊ नै र उसको तस्वीर,उसले चुमेका मेरा नजरहरु र उसले समातेका मेरा हाथहरु…
आज मसंग चिनैचिनाहरु छन् र मलाई चिनो चाहिएको छैन । म भाग्दैछु चिनोहरु बाट टाढा…पृथक अस्तित्त्वको खोजीमा । ऊ नमिसिएको मेरो खोजीमा,ऊ नंसगेटिएको मेरो आफ्नोपनको खोजीमा…उसको नजरले पछ्याउन नसक्ने ठाउँको खोजीमा,उसका कल्पनाहरु आईपुग्न नसक्ने ठाउँको खोजीमा…म भाग्दैछु अनवरत् अनवरत् चिनोहरु देखि टाढा !!!
–––**********–––
Shilu N Ghimire ,
Omaha, Nebraska, USA
Issue : 2006
(स्रोत : Pardesh.com)