दैत्यिक उन्मुक्तीको तलासमा
क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा
मेरा उत्तेजित धमनीहरु खल्बलीए ।
पिचासे मनहरुलाई –
सांसारिक अलौकीकता पाच्य भएन ।
तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए ।
भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए।
साङ्गठनीक यथार्थवाद ओइलाए ।
सुर्यास्त पछिको चन्द्रे राजा !
अब यो सङ्गीन सिद्धार्थ नगरीमा-
रुद्रहरु जुर्मुराउन नसकून् ।
रङ्गहीन/ खल्ला ईश्वरीय उक्तीहरुमा
वैचारिक खेती किसानी नगरियोस् ।
आधारहिन छुचुन्द्रे अवधारणाहरु
द्रुम-द्रुम मौलाएका विषालु अङ्कुरहरु
राक्षसी भ्रुण पैदा गर्ने कुवीर्यहरु
अस्मिता व्यापारी निर्लज्ज किच्कन्नेहरु
एकलब्यहरुको क्षमता भ्रष्ट गर्ने गुरु द्रोणाचार्यहरु
मतिभ्रष्ट सामाजिक सद्भाव खल्बलाइदिन्छु !
यी “हरु” हरुको जरा काटेर विसर्जन गर्छु ।
बगरे आशाहरुको मियो ढलाइदिन्छु ।
खस्मेरा दार्शनिक चेतनाबाट आकासिएर
गुन्द्रुके अमिला झोलहरु धमिल्याउँदैछु म !
दैत्यिक योनीहरुमा तेजाब छर्किदिन्छु ।
दिगदिगन्त उल्का भएर बर्सन्छु !
तिम्रा जैवीक मान्यता माथि प्रलय आऊनेछ ।
यस उप्रान्त-
यो क्रान्तिमुक्त संसारले मेरो नाम सँगै ‘उल्का ‘ जोड्न सक्नेछ ।
SEPTEMBER 8, 2011
(स्रोत : Arzose.blogspot )