~अभ्युदय खनाल~
प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु
नसकँुला खोल्न म मनका सारा कुरा
मनको कुरो मनले सुन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु
निश्काम तारा आकाशमा धेरै देखँे मैले
मेरोलागि पूर्णिमाको जून छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु
स्वतन्त्र छु कतै पनि छैन टुङ्गो मेरो
तन र मनले मलाई सधै थुन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु
रचना : अभ्युदय खनाल
सँगीत : मदन गोपाल
2010-05-18
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
dherai ramro kaam garnu vayechha sahitya ko lagi
अभ्यु जी ,
धन्यवाद , तपाइँका सद्भावपूर्ण टिप्पणीका लागि। तपाइँका अरु/नयाँ रचनाहरु kritisangraha@gmail.com मा पठाउनु भए कृतज्ञ हुन्थ्यौं।
आविष्कार
साहित्य संग्रहालय
Dhilao ko laagi sabinamra purwak maafi magchhu. Aba awasya pani aru gajal pathaune chhu.