मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि अनुशरण गर्न सकियोस् भन्ने उसको इच्छा ।
भ्रमणको क्रममा मचाकाजी यूरोप पुग्यो । यूरोपमा वीर गोर्खालीको पुत्र भन्दै भव्य स्वागत पायो । त्यसपछि ऊ अमेरिका गयो । विश्वको सर्वाेच्च शिखर सगरमाथाको पुत्र भन्दै उसले भव्य सम्मान पायो । त्यहाँबाट ऊ जापान गयो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदूतको उपमाको कारण खादाको पगरी गुथ्यो । त्यसपछि ऊ भारत पुग्यो । बहादुर, कान्छा, चमेली, फूलमाया आदिका छेडछाडले उसले अपमानबोध ग¥यो र लाग्यो आफ्नै देशतिर । मधेशमा पुगेकै रात पहाडी भएको कारण ऊ अपहरणमा पर्यो ।
(स्रोत : Sunakhari.com )