के चिज छ तुलनामा गीतजस्तो बसन्तको,
प्रेमिलता कहाँ छ र ? प्रितजस्तो बसन्तको .
बिहानीको झुल्को हेर सुनौलो त्यो क्षितिजको,
तप्किएर फ़ुटेसरि शितजस्तो बसन्तको .
मुर्छानाको बेदनाझै कोइलीको कुहुकुहु,
मेहफिलता कहाँ छ र ? संगीतजस्तो बसन्तको .
पलुवाको मदहोशी सुगन्धको महकतामा,
अचम्मको टुनामुना रितजस्तो बसन्तको .
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

