कुनै धागोको रुमाल थियो त्यो
सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको
तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ
नाइँनास्ति गरी गरी
मैले राखेको थिएँ सर्टको खल्तीमा
अहिले एकाएक खल्तीबाट भित्र छिरेर
तेसले मेरो मुटुको आकार लिएको छ
अचम्मको कुरा त
उध्रिदै गएको
त्यो रुमाल सिलाउने निहूँमा
तिमी अब मेरो मुटुमै कुरुष चलाइरहेकी छ्यौ
(स्रोत : Arzose.blogspot.com )

