~दुश्यन्त भट्टराई~
प्रभातको झुल्को जब धर्ती पाऊँछ,
दुनीयाँ यो सारा जग चल्मलाऊँछ ।
म मस्त गती स्वप्नको साथ हुन्छु ,
म अल्छी सबेर जो सुती रहन्छु ।।
म पुग्छु कहिले मेरै वालपनमा,
उहि गाँऊघर् खेतमा फाल हान्दै ।
फेरि पुग्दछु स्वप्नमै पाठशाला,
जहाँ पुगेको थें म केहि नजान्दै ।।
त्यो सागर, कती गहीरो ? अन्तर मनको,
पोखिएँ, घुलीएँ, विलाएँ त्यो मनमा ।
न हलचल समेटें, न खलबल त्यो भेटें,
हराएँ कीन आज म आफ्नै मनमा ? ।।
यो भाव अनौठो कीन उठ्छ मनमा ?
न म पुग्छु यसको शुरू न त अन्त्य ।
तर कीन यसले मेरो चेत पक्री,
डुलाई रहन्छ मलाई अनन्त ?।।
मेरो चेत भाग्छ, मदानी गतीमा,
जती घुमे पनि मेरै पास हुन्छ ।
मदानी घुमे, नीचोड घीऊ हुन्छ,
मेरो चेत घुम्दा, मेरै जीऊ दुख्छ ।।
(स्रोत : रचनाकारले स्वयं ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )