~मदन दुलाल~
घडीको टिक टिक आवज
प्रभातकालीन मल्हार
नित्य कर्म सकेर
लाग्यो ठिठो
“जा”गिर
“जा”गिर
शब्द नै दोअर्थी
कि त आँफै गिर्नु पर्ने
कि त
बातै पिछ्छे
यस सर भन्दै
उस्को अगी गिरी दिनु पर्ने
बोस को दिनभरीको कचकच
दैनिक आठ घन्ट सिँघौरी
राम्रो गरेर
बुढी औँला को आश नगरे भयो
पाईने त केवल माझी औँला न हो
अनी हप्तामा अर्धकट्टी कागजको टुक्रा
रातो बत्तीको तारान्तारको अवरोध
ट्राफिक जाम
हताश मन
थकित र जिर्ण शरिर
लामो सुस्केरा
घर साहु महिना नबित्दै
हात पसार्दै आई पुग्छ
रकम भुत्तानि नगरे
गर्ल्याम्म लडी दिन्छ
जिवनको एउटा पाटो ।।
१२-मार्च-२०१५
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )