~श्याम लामा~
जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी
बटुल्न घारो जिन्दगीको धाए हुँदै आफ्नै मलामी
बली रहन चाहेथे सँगै बनी दियो झलमल
सल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामी
बाचेको जिबन हास्छन सबै म मरेको हास्नुमा
बचेँ कुचेको डढाउनमा सघाए हुँदै आफ्नै मलामी
फैलाउन नाम जगतमा लेखी टुक्रा एक कागज
छोड्दै स्वतन्त्र सर्बत्र जलाए हुँदै आफ्नै मलामी
सपना गहिरो सागर भन्दा अनी नदी भन्दा लामो
रहलाकी भन्दै गन्ध बगांए हुँदै आफ्नै मलामी
श्याम लामा (घ्लान)
माझुवा,सिन्धुली
हाल: दोहा,कतार
2012-09-28
(स्रोत : नेपाली गजल गुगल ग्रुप )