~कुमार श्रेष्ठ~
हिजोको म छापामार
आज कसैले मलाइ छापामार भनेर बोलाउदा
म लर्बराउछु
मलाइ संकोच लाग्छ यो शब्द सँग
म डराँउछु यो अर्थ सँग
म हिचकिचाउछु छापामार हुँ भन्न
बरु म भन्छू
उफ् ..म छापामार हैन….
हिजो रगतको होली खेलेर
आफ्नै रगत सँग
आफ्नै आमाको छातीमा
बम र बारुद बर्साएर नै
भित्र्याएको जितको सलामी
आज हार लाग्छ
त्यसैले त म भन्छू
उफ् ..म छापामार हैन….
देशको लागी भनेर बगाएको पसिना
रगतको भेल कर्णाली सरी बगाएको मुल्य
चेलीको सिन्दुरको मुल्य
टुहुराको साहाराको मुल्य
आमाको कोखको मुल्य
सबै गुमाउन लडेको रहेछू
साँच्चै मैले पाप गरेछु
उफ् ..म छापामार हैन….
हिजो निस्वार्थी छू भन्नेहरु
आज अर्का को खुट्टा तान्छन्
गाँस खोसाखोस गर्छन्
हिजो सडकमा उर्लिनेहरु
आज महलमा कुर्लिदैछन्
देशको लागी मर्छू भन्ने हिजोको छापामार
बिदेशी पसिना बगाउछु दुइ गाँसको लागी
अनि छटपटाउछ झुपडीको बासको लगी
त्यसैले त म भन्छू
उफ् ..म छापामार हैन….
24th August 2011
(स्रोत : Sahityakoseli.blogspot.com )